खौमादेखि दुधपाटीसम्मका पसल व्यवसायीहरुको भेला


चैत २२, २०८०, बिहीबार | विहान ०८:४१ बजे | 40


खौमादेखि दुधपाटीसम्मका पसल व्यवसायीहरुको भेला

भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा खौमादेखि दुधपाटीसम्मका पसल व्यवसायीहरुको भेला एक समारोह बीच बिहिबार भनपा सभाकक्षमा सम्पन्न भयो । 
कार्यक्रममा बजार अनुगमन समितिका संयोजक एवम् वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर ठूल्ठूला उद्योग र कृषि उत्पादन व्यवसायको लागि प्रर्याप्त जमिन नभएकोले पर्यटन क्षेत्रलाई विकास गरी भक्तपुर नगरबासीहरु हितमा काम गरिरहेको बताउँदै बाह्य र आन्तरिक पर्यटक बढाउन शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदामा काम गरिरहेको बताउनुभयो । उहाँले नगरबासीहरुको समस्या समाधानको लागि हातेमालो गरेर अगाडि बढ्न आजको भेला राखेको बताउँदै नगरपालिकाको नियम विपरित र दृष्य प्रदुषण हुने गरी छट छजा निकाल्न यहाँहरुको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नगरबासीहरुको सहयोगमा नर्क भनेर दुष्प्रचार भएको भक्तपुरलाई अहिले विश्वका पर्यटकहरुले प्रशंसा गर्न लायक सफा नगर बनेको बताउँदै भक्तपुर नगरपालिकाले सात वटा कलेज संचालन गर्दा नगरबासीहरुलाई गुणस्तर शिक्षा प्राप्त हुनुका साथै देशभरिका विद्यार्थी पढ्न आएर नगरबासीहरुको रोजगारी सृजना भई आयआर्जन बृद्धि गर्न गराउन सफल भई रहेको बताउनुभयो । उहाँले ख्वप अस्पतालले नगरबासीहरुको स्वास्थ्य सेवा मद्दत पुग्नुका साथै विभिन्न जिल्लाबाट आइ उपचार गराउँदा यहाँका जनताको व्यापार व्यबसाय बृद्धि हुने बताउनुभयो । उहाँले पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र सँस्कृति भने नारा अनुसार सम्पदा संरक्षण गरी पर्यटकहरु आकर्षण गराउँदै पर्यटन क्षेत्रको सेवा गरिरहेको बताउनुभयो । उहाँले ठूलो माछाले सानो माछा खाने भने जस्तै सानो व्यापारीलाई ठूलो व्यापारीले र राष्ट्रिय पूँजीपतिलाई विदेशि पूँजीपतिले खाई रहेकोले त्यसको संरक्षण गर्नुपर्ने धारणा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजूक्छेले बताउनुभए अनुसार काम गर्ने बताउनभुयो । उहाँले सरसफाईको आम्दानी बर्षको एक करोड भएपनि खर्च पन्ध्र सो¥ह करोड भई रहेको बताउँदै फोहर व्यवस्थापनमा सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले डेढ अर्व जनसंख्या भएको चिनियाहरु ते¥ह चौध प्रतिशत धुम्न जाने भएकोले नेपालमा एक प्रतिशत मात्र आए ते¥ह चौध करोड हुने भएको छिमेकि देश चीन र भारतको पर्यटक आकर्षण गर्न भगिनी सम्बन्धहरु राखी राखेको बताउनुभयो । उहाँले बेरोजगार र अभिभावकले नियन्त्रण गर्न नसक्दा भविष्यका कर्णधारहरु कुलतमा फसिरहेको बताउँदै विस्का जात्रा शान्तिपूर्वक मनाउन सहयोग गर्न अनुरोध गर्नुभयो । 
कार्यक्रममा भनपा वडा नं २ सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिका यहाँसम्म पुग्नु नगरबासीहरुको सहयोगको विभिन्न जिल्ला भ्रमण जान्दा चर्चा विषय बनेको बताउँदै शिक्षा क्षेत्रमा गर्व गर्न सक्ने गरी ७ वटा कलेज, शैक्षिक ऋण, छात्रवृति बारे चर्चा गर्नुभयो भने ख्वप अस्पताल र शहरि स्वास्थ्य क्लिनिक, सरसफाई, पार्किङ्ग समस्या बारे बताउँदै बैशाखमा गुँलाबाजा प्रतियोगिता हुने बताउनुभयो । 
कार्यक्रममा श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवालले साँगुरो बाटोमा पेटीमा समान नराख्न, पहिलो तल्ला वा पसल माथि राखेको छत छजा हटाउनु अनुरोध गर्दै भक्तपुरमा फोहर व्यवस्थापन पेचिलो बन्दै गएकोले भक्तपुरको फोहर बन्चरेडाँडासम्म लानुपर्ने भएकोले फोहर उत्सर्जन कम गर्न र कुहिने र नकुहिने फोहर छुट्याएर कुहिनेको कम्पोष्ट मल र नकुहिनेको पुनःप्रयोग गर्न र बेचेर आय आर्जन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा निरिक्षक राकृष्ण प्रजापतिले पसल व्यवसायीहरुले छत छजा निकालेर पर्यटक आकर्षण गरी व्यापार व्यवसाय बृद्धि गर्न सक्ने बताउनुभयो । उहाँले फोहरले वातावरण प्रदुषणमा प्रभाव पारेकोले कुहिने र नकुहिने फोहर छुट्याएर कुहिनेको कम्पोष्ट मल उत्पादन गरी अर्गानिक खेति गरे शुद्ध खाद्य सामाग्री उत्पादन भई दीर्घ रोगबाट बच्न सक्ने र मल अभाव र रासायनिक मलले देशको अर्वैं रकम विदेशिनेबाट केहि हदसम्म कम गर्न सक्ने बताउनुभयो । साथै प्लाष्टिक पेट्रोलियम पदार्थ भएकोले कुहिन पनि धेरै बर्ष लाग्ने र जलाए त्यसको धुवाले क्यान्सर लगायतका रोगहरु हुने भएकोले प्लाष्टिक झोलाको सट्टा कपडाको प्रयोग गर्न अनुरोध गर्नुृभयो । 
कार्यक्रममा व्यवसायीहरु लक्ष्मी प्रसाद बोय्जु, नेहा सितिखु, राजकुमार बोय्जु, रामप्रसाद धवा, किरण दथेपुथे, बलराम श्यामा, बसन्त जोशी, धनश्याम पोखरेल र रिता साय्जुले छट छजाको विकल्प लगायत नगरपालिका बारे आ–आफ्ना गुनासो र सुझाव प्रस्तुत गर्नुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

खौमादेखि दुधपाटीसम्मका पसल व्यवसायीहरुको भेला
खौमादेखि दुधपाटीसम्मका पसल व्यवसायीहरुको भेला
खौमादेखि दुधपाटीसम्मका पसल व्यवसायीहरुको भेला

Comments