सूर्यविनायक—जगातीको गाईजात्रा कहिलेसम्म ?


चैत १९, २०८०, सोमबार | विहान ०१:५८ बजे | 115


सूर्यविनायक—जगातीको गाईजात्रा कहिलेसम्म ?

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत काठमाडौंदेखि धुलिखेलसम्म झण्डै २५ किलोमिटर लामो सडकखण्डमध्ये अहिले सवारीजामको सवैभन्दा वढी समस्या छ सूर्यविनायक—जगातीखण्डमा । एक किलोमिटरको छोटो  सडकखण्डमा विहानदेखि बेलुकीसम्मै दिनभरिजसो नै सवारीसाधन जाम हुने गरेको छ । झण्डै एक महिनादेखि यो समस्याबाट यात्रु, स्थानीयबासीलगायतका सरोकारवालाहरु निरन्तर पीडामा छन् । 
सङ्घीय राजधानीबाट बागमती प्रदेश अन्तर्गत मध्य पहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको यो सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिकसमेत काठमाडौँ आउजाउ गर्दछन् । यसकारण यो अघि नै जामको समस्या भएको यो छोटो सडकखण्डमा अहिले सूर्यविनायक धुलिखेल सडक विस्तारको काम भइरहेकोले जाम हुने गरेको हो । 
सडक विस्तार अन्तर्गत यो छोटो दुरीमा अहिले दुई ठाउँंमा कलभर्ट (पानीको निकास) बनाउने काम भइरहेको छ । यही कारण मुख्य सडक पूरै विग्रेस ड्राइभर्सन (अर्काे बैकल्पिक सडक) बाट सवारीसाधन गुडने गर्दछ । कच्ची, खाल्डाखुल्डीयुक्त कामचलाउ बाटोबाट सवारीसाधन गुड्नुपर्ने भएकोले त्यहाँं जहिल्यै जाम हुने गरेको हो ।   
अव यहांँको समस्या एक महिनाभित्र समाधान हुन्छ, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालय धुलिखेलका प्रमुख राजेन्द्रप्रसाद दासले भने, एउटा कलभर्टमा त ढलान नै भइसक्यो र दुईचार दिनमै मुख्य सडकबाट नै आवतजावत गर्न सकिन्छ भने अर्काे कलभर्टमा मुख्य सडक चलाउन २५ दिन जति लाग्नेछ । कलभर्ट निर्माणको क्रममा ढलान गर्नुपर्ने र ढलान सक्नेवितिकै सवारीसाधन चलाउन नहुने भएकोले विस्तार भएको उनको भनाई थियो । 
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको राजमार्ग विस्तार कार्य तीव्र छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि काठमाडौंको सडक भने ६ लेनको छ । तर सूर्यविनायकदेखि उता धुलिखेलसम्मे अहिले सडक दुई लेनमै सिमित छ । जगातीसम्म भक्तपुर भएर चल्ने सवै बसहरु पनि गुडने भएकाले सूर्यविनायक जगाती सडकखण्डमा उहिलेदेखि नै सवैभन्दा वढी जाम थियो । त्यसमा पनि अहिले सडक विस्तार कार्यले बाटो अस्तव्यस्त भएकाले जाम अझै वढेको हो । पानी पर्दा त यो सडक खण्डमा पूरै सवारी जाम ठप्प नै हुन्छ । 
आयोजनाका इन्जिनियर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्रअधिकारभित्र बनाइएका अस्थायी संरचनाहरु भत्काएर अहिले सडक विस्तार कार्य तीव्र रहेको जनाए । सडक विस्तार कार्य सकेपछि अव सूर्यविनायकदेखि धुलिखेलका यात्रा आरामदायी हुने उनले बताए । 
तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो । राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । 
सडक विभागका अनुसार कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमी रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार थालिएको हो ।
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँ–बायाँ २५÷२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । विसं २०२१ मा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई कायम ग¥यो । यही आधारमा सडक दायाँ–बायाँ घर बनेको बताइन्छ । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवातजावतका लागि यही सडक प्रयोग हुन्छ ।

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायक—जगातीको गाईजात्रा कहिलेसम्म ?
सूर्यविनायक—जगातीको गाईजात्रा कहिलेसम्म ?

Comments