लाङटाङ पुग्नुभएको छ ? छैन भने सुवर्ण अवसर आएको छ है !
चैत १७, २०८०, शनिबार | विहान ०४:०७ बजे | 60
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको हलमा दुई दिने फोटो प्रर्दशनी हुँदैछ । फोटो प्रदशनी चैत्र १९ र २० (अप्रिल १ र २) गते विश्वविद्यायलयको नयाँ भवनमा विहान ११ बजेदेखि ४ बजेसम्म हुनेछ ।
फोटोग्राफर तथा डा. नारायण कोजुले लाङटाङ राष्टिय निकुञ्जभित्रको मानवबस्ती, जिवका जीवनशैली, वाइडलाइफको झल्काउने एक सय वटा तस्बिरहरु प्रर्दशनीमा राख्ने बताए । साथै २०७२ सालमा गएको भूकम्प अघि र पछि लाङटाङमा भएको परिवर्तनलाई झल्काउने तस्बिरहरु रहेको डा. कोजु बताउँछन् । प्रर्दशनीमा सन् २००२ देखि २०२३ सम्मको एक सय वटा फोटो प्रदर्शनीमा राखिने छन् । लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समाबेश हुनेछ ।
प्रदशनीमा करिब २० वर्षदेखि वर्षेनी नेपालको लाङटाङ भ्रमण गर्दै त्यहाँको तस्बिर खिच्दै आएको वासिन्टन विश्वविद्यालयका प्रा.डा रान्डल सी काइज तस्बिरहरु हुने छन् भने विगत ११ वर्षदेखि प्रत्येक वर्ष लाङटाङ डा नारायणप्रसाद कोजुको तस्बिर र निओ फ्युजन स्कल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालको फोटो प्रदशनीमा राख्ने छौं, उनले भने ।
त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग र त्रिभूवन विश्वविद्यालय केन्द्रिय प्राणी शास्त्र विभागले आयोजना गरेको हो ।
लाङटाङ राष्टिय निकुञ्जमा हुँदै आएको परावनिय परिवर्तन, जैविक परिवर्तन, भूकम्प अघि र पछिको लाङटाङ स्वरुपका झल्काउने कोशिश गरिएको छौ, उनले भने । यसले प्रर्दशनीमा अवलोकन गर्न आउनेलाई लाङटाङ नपुगे पनि पुगेको महशुश हुनेछ । प्रवेश निशुल्क रहेको उनले बताए ।
केही समयपछि यसमा थप ८० वटा फोटो राखेर पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए । त्रिभूवन विश्वविद्यालयको रेक्टर प्रा.डा.भारगभ धितालद्धारा फोटो प्रर्दशनीको उद्घाटन गरिने उनले जानकारी दिए ।
फाेटाेमा हेर्नुहाेस्...