व्यवसायमा हुने जोखिम न्युनीकरण र डिजिटल माकेटिङबारेमा ख्वपमा प्रशिक्षणमा


चैत १६, २०८०, शुक्रबार | दिउँसो ०३:०८ बजे | 75


व्यवसायमा हुने जोखिम न्युनीकरण र डिजिटल माकेटिङबारेमा ख्वपमा प्रशिक्षणमा

सुनिता गाइसी
भक्तपुर नगरपालिका द्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टपर्नशिप सपोर्ट प्रोग्राम अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ । यसै क्रममा चैत्रको १६ गते व्यवसायमा हुन सक्ने जोखिम , यसको व्यवस्थापन सम्वन्धमा चिरायु तथा डल्फीन प्रेसका निर्देशक तथा प्रोप्राइटर शंकर कुमार खडकाले प्रशिक्षण दिनु भयो । कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा अगाडी त्यस व्यवसायमा आइपर्न सक्ने जोखिमहरुको बारेमा अध्ययन गर्नु जरुरी हुन्छ । प्रशिक्षक खड्काले व्यवसाय गर्ने व्यवसायी वा उद्यमीले  व्यवसायमा बढि जोखिम लिनेले बढि फाइदा लिन्छ  कम जोखिम लिने ले कम मात्र फाइदा कमाउँछ । जोखिमलाई न्युनिकरण गर्ने विभिन्न प्रक्रियाहरु हुन्छन् जस्तै जोखिमलाई कम गरेर, स्विकार गरेर, जोखिमलाई अन्यत्र स्थानान्तरण गरेर पनि व्यवसायमा आइपर्ने जाखिमलाई कम गर्न सकिन्छ । विदेश जाने युवाहरुलाई नेपालमा केही गर्न सकिन्छ  कम लगानीमा  पनि उद्योग व्यवसाय सुरु गर्न सकिने कुरमा प्रशिक्षकले जोड दिनु भयो । नेपालमा कृषि र पर्यटन क्षेत्रमा अथाह संम्भावना रहको बारेमा पनि चर्चा गर्नु भयो । नेपालको माटो निकै मलिलो र उर्वराशतिm भएको छ । यसको सहि उपयोग गरि यो क्ष्ँोत्रलाई अगाडि बढाउन सकेमा मात्र समग्र देशको आर्थिक उन्नती हुने गर्दछ । सफल उद्यमी बन्नको लागी हामीले आफनो जीवनशैलाीलाई पनि विशेष ध्यान दिनु पर्दछ मद्यपान, ध्रुमपानबाट टाढा बस्नु पर्दछ आफनो जीवनशैली सरल र सहज बनाउनु जरुरी छ । व्यवसायीले आफनो व्यवसायको लागी विशेष रुपमा योजना बनाउनु जरुरी हुन्छ । व्यवसायलाई दिगो रुपमा लैजान कामदार र व्यवसायीको विचमा भावनात्मक सम्बन्धको विकास गर्नु पर्दछ । खड्काले बजारको अध्ययन गरेर मात्र व्यवसायको सुरुवात गर्नु पर्दछ साथै व्यवसायमा आइपर्ने जोखिम लिन पनि उद्यमी मानसिक रुपमा तयार हुनु पर्दछ ।
 आजकै दोस्रो सेसनमा  एफएनक्लिककाका निर्देशक अनिल पाऊँले प्रशिक्षार्थीहरुलाई डिजिटल माकेटिङ यसको व्यवसायमा प्रभाव र व्यवसाय प्रर्वधनमा डिजिटल माकेटिङको भुमिका बारेमा विशेष चर्चा गर्नु भयो । आजको समय आधुनिकतामा निकै अगाडि बढि सकेको छ परम्परागत शैलीले आफनो व्यवसायको विकास गर्न नसकिने यसका लागी आफनो व्यवसायलाई डिजिटल माकेटिङको मार्फत प्रचारप्रसार गर्नु पर्ने कुरामा पाऊँले जोड दिनु भयो । यस सेसनमा प्रशिक्षार्थिले आफनो व्यवसायलाई प्रवर्धन गर्न आवश्यक वेव पेजको निमार्ण यसको प्रयोग र यस सँग सँम्बन्धीत कानुनी कुराहरु बारेमा छलफल गर्ने मौका पाएका थिए । प्रशिक्षक पाऊँ अस्टे«लियाको अनलाइन माकेटिङ गुरुजका सिनियर डेभलपर पनि हुनुहुन्छ । 

फाेटाेमा हेर्नुहाेस्...

व्यवसायमा हुने जोखिम न्युनीकरण र डिजिटल माकेटिङबारेमा ख्वपमा प्रशिक्षणमा
व्यवसायमा हुने जोखिम न्युनीकरण र डिजिटल माकेटिङबारेमा ख्वपमा प्रशिक्षणमा

Comments