सय वर्षपछिको भक्तपुर पुस्तकमै मात्र सिमित राख्ने हो ?
चैत १५, २०८०, बिहीबार | दिउँसो ०१:०८ बजे | 5
भक्तपुर एउटा नमूना साँस्कृतिक नगर बनाउने योजनामा छ । एक सय बर्षको भक्तपुर किताबले भक्तपुर नगरलाई कुन दिशामा लाने मार्ग देखाएको छ । तर त्यस मार्गलाई पछ्याउनुपर्ने नगरपालिकाका कर्मचारीहरु अथवा प्राविधिक इन्जिनियरहरु त्यसप्रति जिम्मेवार भई नगरपालिकामा काम गरेको अनुभव कमैले मात्र गरेको देखिन्छ । त्यसैले नक्सा पास अनुसार घर बनाउन दिन डकर्मीहरुलाई तालिम समेत पटकपटक दिएको देखिन्छ भने कर्मचारी इन्जिनियरहरु सय बर्ष पछिको भक्तपुर किताब अध्ययन नभएर हो वा त्यसप्रति अनिच्छुक भएर नगरको स्वरुप बचाउनेतर्फ ध्यान नदिएको गुनासो नक्सावालाहरु स्वयम्को देखिन्छ । त्यसैले अनियमित हुन नदिनेतर्फ नगरपालिकाले ध्यान दिनु आवश्यक छ ।
अहिले भक्तपुर नगरपालिकामा अनियमितता बढ्न थालेको छ । त्यसमा भक्तपुर नगरपालिकाभित्र रहेका सबै वडाहरुमा निर्माणलगायत विभिन्न सिफारिस, घर मुल्याङ्कन लगायत कार्यको प्रक्रियामा एकरुपता नभएकोले पनि त्यसो भएको चिया पसलमा वडा निरीक्षक र प्राविधिकहरु गफ हानिरहेको सुनियो ।
कुनैकुनै वडामा घर मूल्याङ्कन गरेर कर तिर्न जादा दुई तल्ला पास भएको घरमा तीन तल्ला बनाए पनि तीन तल्लाको मुल्याङ्कन गरी कर तिराउने र अनियमित भए पनि केही मतलब नहुने साथै पुरानो नगर (कोर एरिया)मा स्लोप छाना वा झिंगति छाना नभए पनि कर लिएर पठाएपछि, उसको केही काम नरोकेपछि अनियमित त्यसै नै बढ्ने भयो भने नक्सा शाखाका प्राविधिकरुले वडा प्राविधिकहरुलाई गुनासो गरिरहेको पायो भने कुनैकुनै वडामा घर मूल्याङ्कन गरी अनियमित निर्माणको कार्यवाहीको लागि वडा निरीक्षकमा पठाउने गरेकोले काम बोझ भएको निरीक्षकहरु चिया पसलमा गफिरहेको सुनियो । नक्सा पास प्रक्रियामा पनि कसैलाई अनियमित वा थप निर्माणको थप दस्तुर लिई नक्सापास प्रक्रियामा अगाडि बढाउने कसैलाई कार्यवाहीमा पठाएर दण्डजरिवाना सहित थप दस्तुर लिने देखियो । यसमा नक्सा वारेस बस्नेहरुले पनि गुनासो गरिरहेको सुनियो । त्यसैले सबै वडामा नक्सा पास पक्रिया, घर मूल्याङ्कन, अनियमित कार्यवाही एक रुपता भए केही हदसम्म अनियमिततामा कमी आउने नगरबासीहरुको सुझाब रहेको पनि सुनियो ।
राद्येश्याम दुवाल
भनपा १