भक्तपुरको दुधपाटीमा बजार अनुगमन


चैत १५, २०८०, बिहीबार | विहान ११:५७ बजे | 105


भक्तपुरको दुधपाटीमा बजार अनुगमन

भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा १२ वटा बर्गर हाउस, चिकेन स्टेशन, गेष्ट हाउस र रेष्टुरा“हरुमा दुई दिन बुधबार र शुक्रबार अनुगमन गर्दा म्याद नाघेको सामानहरु भेटीएको जफत गरी नष्ट गरियो भने रेष्टुरा“हरु विना दर्ता संचालन गरेको पाउनुका साथै गेष्ट हाउसमा २० बर्ष मुनिको जोडिहरुलाई कोठा नदिन र विद्यार्थीहरुलाई हुक्का नखुवाउन अनुरोध गरेको बताउनु भयो । 
अनुगमनमा दवर्गर हाउस एण्ड क्रन्ची फ्राईड तीन दिन भित्र नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई भ्याट वा प्यान विल प्रयोग नगरेको देखिएकोले भ्याट वा प्यान विलमात्र प्रयोग गर्न निर्देशन दियो । 
त्यस्तै मिलोको नविकरण गर्न, कान्तिपुर गेष्ट हाउस नविकरण गर्न र एउटा दर्ता गरी दुईवटा गेष्ट हाउस संचालन भएकोले छुट्टाछुट्टै दर्ता गर्न, लुम्बिनि गेष्ट हाउस एण्ड रेष्टुरेन्ट नविकरण गर्न र म्याद नाघेको भक्तपुर न्यू चाउचाउ जफत गरी नष्ट गरियो । 
त्यस्तै होटल प्रिशा क्याफे गार्डेनमा भ्याट वा प्यान विल प्रयोग नगरेको देखिएकोले भ्याट वा प्यान विलमात्र प्रयोग गन र म्याद नाघेको सामानहरु टेष्ट पिक्सल चकलेट टोफिङ १ र एस एण्ड एस सस् २ वटा र विग्रेको मासु ३ केजि जफत गरि नष्ट गरियो । 
ले हापि तीन दिन भित्र दर्ता गर्न, किचेन फोहर र दुर्गन्धित भएकोले सरसफाई गर्न, फ्रिजमा विग्रेको तरिकारी जफत गरि नष्ट गरियो । 
त्यस्तै लुम्बिनी गेष्ट हाउस एण्ड तन्दुरी भोजनालय साधारण रेष्टुरेन्टमा दर्ता भएकोले गेष्ट हाउसमा दर्ता गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई बिल विजकको क्रम संख्या र नया“ आबमा नया“ क्रम संख्या अनुसार हुनुपर्ने र ट्यारिफ समेत राख्न निर्देशन दियो । 
त्यस्तै होटल ट्रिष्टमा २० बर्ष मुनिको जोडिहरुलाई कोठा नदिन र विद्यार्थीहरुलाई हुक्का नखुवाउन निर्देशन दियो ।
भक्तपुर गेष्ट हाउसमा दर्ता प्रमाणपत्र नभएकोले तीन दिन भित्र दर्ता प्रमाणपत्र सहित कार्यालयमा उपस्थित हुन, पानमा दर्ता गर्न, सरसफाईमा ध्यान दिन, २० बर्ष मुनिको जोडिहरुलाई कोठा नदिन र विद्यार्थीहरुलाई हुक्का नखुवाउन  निर्देशन दियो । 
दि तिशा ईनमा म्याद नघेको र विग्रेका मासु ५ केजि, फ्रेन्सफ्राइ २ केजि, म्याद नाघेको खाद्य रंगहरु, मसलाहरु जफत गरी नष्ट गरियो । 
अनुगमन समितिका सदस्य एवम् वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक अशोक विष्ट, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, पशुसेवा कार्यालयका पार्वती योञ्जनको सहभागी थियो ।

Comments