वाताबरणीय सुरक्षा र हावापानी परिवर्तनका असरबारे ख्वपमा प्रशिक्षण


चैत १४, २०८०, बुधबार | विहान ०९:३० बजे | 35


वाताबरणीय सुरक्षा र हावापानी परिवर्तनका असरबारे ख्वपमा प्रशिक्षण

सुनिता गाइसी
भक्तपुर । वातबरण मानव जीवनको अभिन्न अंग हो । हाल आधुनिकीरणको प्रभावले वाताबरण प्रदुषण हुने क्रम तीब्र रुपमा बढदै गएको छ । यस्तो प्रभावलाई न्यनीकरण गर्नको लागि हामी सबै सचेत हनु जरुरी छ । तीमध्ये पनि व्यवसायी र उद्यमीहरु विशेष रुपमा सजग भएमा मात्र वाताबरण स्वच्छ रहन्छ । त्यसैले हाल ख्वप कलेजमा भइरहको एन्टपेनर्शिप सपोर्ट प्रोग्राम अन्तर्गतका कक्षामा वाताबरणका विज्ञ हिसिला सुजखुले प्रशिक्षार्थीहरुलाई वाताबरण संरक्षण, वाताबरणीय प्रभाव तिनको मुल्याङकन्, दिगोपना विषयमा प्रशिक्षण दिनुभएको छ । 
हाल नेपालमा २४ प्रतिशत क्षेत्रहरु संरक्षण क्षेत्रको रुपमा रहेको र ती क्षेत्रमा पनि विभिन्न किसिमले स्थानीय तथा चोरी शिकारीले अतिक्रमण गर्ने गरेकोबारे सुजखुले बताउनुभयो । कुनै पनि व्यवसाय वा परियोजनाको सुरुवात गर्दा त्यसले पार्ने वाताबरणीय, सामाजिक, आर्थिक, भौगोलिक प्रभावहरुको बारेमा पहिला नै अध्ययन हुनु जरुरी छ, उहाँंले भन्नुभयो । यस्ता प्रभावहरुको अध्ययन र मुल्याङकन्ले मात्र परियोजना वा व्यवसायको दिगोपनमा सहयोग गर्ने गर्दछ, उहाँंको भनाई थियो । कतिपय व्यवसायीहरु यस्ता कुरालाई महत्व दिदैनन यसले सम्पूर्ण मानव जातिले त्यसको नकारात्मक प्रभावको भागी बन्नुपर्ने उहाँंले बताउनुभयो । त्यसैले विकसित देशहरुमा वाताबरणीय प्रभावहरुकाबारेमा विशेष अध्ययन अनुसन्धान हुने उहाँंले जानकारी दिनुभयो । कम विकसित मुलुकहरुले यस्ता कुरालाई त्यति चासो नदिदा विश्वको हावापानीमा विभिन्न नकारात्मक असरहरु देखा पर्न थालेको उहाँंले बताउनुभयो । 
हिमालमा हिउँ धेरै पग्लनु, बेमौसममा फलफुलहरु फल्नु, अतिवृष्टी तथा अनावृष्टी हुनु, खेतीपातीमा ृउत्पादन कम हुन इत्यादि यसका कारणहरु रहेको उहाँंले जानकारी दिनुभयो । वनजंगलको कुरा गर्दा त्यहाँ बसोबास गर्ने आदिवासी जनजातीका विषयमा पनि विशेष सोच्नु पर्ने उहाँंले जोड दिनुभयो । नेपालका जंगल छेउछाउमा बसोबास गर्ने चेपाङ राउटे समुदायले आफनो परम्परागत जीवनशैलीलाई अपनाइ रहेका हुन्छ । ती जनजातिका कुराहरु पनि हामीले ध्यान दिनु पर्दछ, उहाँंले भन्नुभयो । उनीहरुका संरक्षणमा सरकार र सम्बन्धित निकायले विशेष  पहल गर्नुपर्नेमा उहाँंले जोड दिनुभयो । जति पनि परियोजनाहरु संचालन गर्दा वाताबरणमैत्री किसिमले योजनाहरु ऋगाडि बढाउनु जरुरी रहेको खाँंचो उहाँंले औल्याउनुभयो । 
हाल यस विषयमा सरकारी तवरबाट पनि केही पहलहरु हुदै आएको छ, उहाँंले भन्नुभयो । वाताबरणीय महत्व, यसको संरक्षण र वाताबरणमैत्री परियोजना र व्यवसाय विषयमा  हामी सबैले विशेष जानकारी राख्नुपर्नेमा प्रशिक्षक सुजखुले विशेष जोड दिनुभयो । प्रशिक्षणको अन्त्यमा इएसपी कार्यक्रमका सदस्य रामेश्वरी बखुन्छेले कलेजकोतर्फबाट प्रशिक्षक सुजखुलाई मायाको चिनो प्रदान गर्नुभएके थियो । 

फाेटाेमा हेर्नुहाेस्...

वाताबरणीय सुरक्षा र हावापानी परिवर्तनका असरबारे ख्वपमा प्रशिक्षण
वाताबरणीय सुरक्षा र हावापानी परिवर्तनका असरबारे ख्वपमा प्रशिक्षण

Comments