मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस मनाइयो


चैत १४, २०८०, बुधबार | विहान ०९:१२ बजे | 25


मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस मनाइयो

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका नगर कार्यपालिकाको कार्यालय मध्यपुर थिमि भक्तपुरको २८ औ स्थापना दिवस बुधबार कृषि विकास तालिम केन्द्र बोडे मध्यपुर थिमिमा सम्पन्न भएको छ । समारोहको उदघाटन संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले गरे । समारोहमा पूर्व मेयर एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदनकृष्ण श्रेष्ठ, मेयर सुरेन्द्र श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले बोल्नुभएको थियो । हाम्रो कला, हाम्रो संस्कृति ः मध्यपुर थिमि, हाम्रो संस्कृति मुल नारा रहेको मध्यपुर थिमिमा नौ वटा वडाहरु रहेका छन् । समारोहमा हाम्रो मध्यपुर थिमि नामक नगरपालिकाका गतिविधिहरु संकलित म्यागेजिन पनि सार्वजनिक गरिएको थियो ।   

Comments