अहिले म विवाहको तयारीमा जुटेको छु
चैत १४, २०८०, बुधबार | विहान ०२:०० बजे | 40
काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् ।
‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् ।
गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ । यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले नकारेकी थिइन् ।