गुम्बाका लामा धर्म गुरुहरुलाई धार्मिक पुस्तक वितरण
चैत १३, २०८०, मङ्गलबार | विहान ०१:४९ बजे | 90
काभ्रे । काभ्रेपलाञ्चोक चार जिल्लाको संगम कोशीपारी चौरी देउराली गाउँपालिका वडा नं २ नाग्रे गर्गर्चेमा रहेको टासी कुन्सालिङ गुम्बा , बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा , श्री टाशी म्होइथर्लिङ गोन्पा राजबास र चलाखु गुम्बाको लामा गुरुहरुले हिमालायन माहायनी अन्तर्गत काग्यु परम्परागत डुक्प काग्यु ल्हुक्सको जन्म देखि मृत्यु पस्च्या ४९ औ घेवा सम्मको कार्य गर्दा प्रयोग हुने धार्मिक छ्योई समाज सेवि तथा धार्मिक अभियन्ता टेक राज तामाङको बाहुल्यमा वितरण गरियो । काग्यु परम्परागत डुक्प काग्यु ल्हुक्सको छ्योई धार्मिक पुस्तक समाजसेवी बुद्ध दोर्जे घिसिङको संकलनमा धर्म गुरु लोपेन ङावाङ तामाङ को शब्द शुद्धिकरण गरि प्रकाशन गरिएको थियो । समाजसेबि बुद्ध घिसिङ बाट नेपालको बिभिन्न गुम्बा म्हानी छोक्पा र धर्म गुरुहरुलाई अबस्यकता अनुसार सबै जिल्ला र गाउ गाउ बस्ती बस्ती वितरण गरिएको र गरिने जानकारी गर्नु भयो । यस्तो धर्म गुरुहरुलाई कर्म कार्य गर्दा बहु उपयोगी धार्मिक पुस्तक वितरण गर्दा बुद्धको दर्शन तथा नियाम अनुसार धर्म दाना पुन्य गरिएको फल अनित्य काल सम्म पुन्य फल पाउने धार्मिक बिश्वास रहेको धार्मिक अभियन्ता टेक राज तामाङले भन्नु भयो । यस्तो कार्यले बुद्धको धर्म / दर्शन तथा उपदेश गाउ गाउ पुग्ने र धर्म गुरुहरुलाई प्रेरणा दाय हुने बौद्ध धर्मको प्रबर्द्धन संरक्षण र बिकासमा ठुलो टेवा पुग्ने र धर्म गुरुहरुलाई थप हौसला हुने सहभागी धर्म गुरुहरुलाई आफ्नो धारण राख्ने क्रममा अभियन्ता टेक तामाङले बताउनु भयो । यस पुन्य तिथि फागु पुर्णिमाको दिन चौरीदेउराली गाउँपालिका वडा न २ नाग्रे गगर्चेको सबै गुम्बाको लामा प्रमुख तथा सबै लामा गुरुहरु उपस्थिति भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...