चाँंगुनारायणमा स्काउट दिक्षान्त कार्यक्रम सम्पन्न
चैत १२, २०८०, सोमबार | विहान १०:३४ बजे | 55
चाँंगुनारायण । भक्तपुरको चागुनारायण नगरपालिकामा स्काउट दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितकारले स्काउट प्रतिज्ञा गराइ दीक्षा दिनुभयो । चाँंगुनारायण नगरपालिकाका प्रमुख स्काउट जीवन खत्री र उपप्रमुख रमेश वुढाथोकीलाई एक समारोहकाबिच स्काउट दिक्षान्त कार्यक्रम भएको हो ।
नगर प्रमुख जीवन खत्रीको सभापतित्वमा भएको बिशेष समारोहमा नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, पूर्व राष्ट्रिय तालिम अयुक्त भक्त राजभण्डारीका साथै नवनियुक्त स्थानीय आयुक्तहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानीय आयुक्त राजकुमार जरेजूको पनि उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...