क्यान्सर विजेताहरुसँग सन्देशमूलक होली
चैत ११, २०८०, आइतबार | दिउँसो १२:५४ बजे | 70
भक्तपुर । विभिन्न सामाजिक कार्य गर्ने तथा बिशेषत: स्वास्थ्य क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित रक्षा क्यान्सर केयर सोसाइटीले आज क्यान्सर विजेताहरुसँग सन्देशमूलक होली मनाएको छ ।
क्यान्सर विजेताको जीवन पनि होलीका रंग झैं रंगीन छ’ भन्ने सन्देश दिने उद्देश्यले आज भक्तपुरको चुनदेवीस्थित भक्तपुर गेष्ट हाउसकाे प्राङ्गणमा यस वर्षको होली मनाउने कार्यक्रम गरेकाे सोसाइटी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिनुभएकाे छ। कार्यक्रममा बरिष्ठ गायिका तथा क्यान्सर राेगलाई जितेका मिरा राणा र तारा थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँहरू दुबै जना आफ्नै गीतमा नाच्दै रम्नु भएकाे थियाे ।
अहिले विश्वभर नै क्यान्सर राेगका बिरामीहरू बढ्दै गएको अवस्थामा क्यानसर राेगबारे व्यापक जनचेतना जगाउनु पर्ने भन्दै अध्यक्ष प्रजापचिले सुरुमै क्यान्सर पत्ता लगाएर सही उपचार गरेमा निको हुने समेत बताउनुभयाे । कार्यक्रममा क्यानसर राेग बिशेषज्ञ डा. राेशन प्रजापति, बरिष्ठ फाेटाेग्राफर राजभाई सुवाललगायत साेसाईटिका सहयाेगी शुभचिन्तक गरी ६० जनाकाे सहभागिता रहेकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...