के भएको हो चाँंगुनारायणमा यो ?
चैत ८, २०८०, बिहीबार | दिउँसो ०२:२३ बजे | 55
चाँंगुनारायण । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बन डँढेलोका घटनाहरु भइरहेकाले यसतर्फ समुदायमा मानिसहरु सचेत हुन आग्रह गरेका छन् । आगलागी सम्बन्धि जनचेतना अभिवृद्धि गर्नेतर्फ लाग्न नगर प्रमुख खत्रीले नगरबासीहरुसँंग अनुरोध गरे ।
नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्ने कार्यलाई निरन्तरता दिँदै तीन दिने प्रथम उद्धारकर्ता प्रशिक्षणको उदघाटन गर्दै मेयर खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको बताए । पलिलो चरणमा चाँगुनारायण नगरपालिका वडा नं ४, ५ र ६ का स्वयंसेवकहरुको लागि संचालित प्रशिक्षणको उद्घाटन गर्द उनले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरुलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शिप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको बताए ।
फाेटाेमा हेर्नुहाेस्...