बाल्यकालमा बुवासॅंगै समाचार हेर्दै आफुलाई...
चैत ८, २०८०, बिहीबार | विहान १२:४९ बजे | 80
बिनिता थापा
मेरो बुवालाई सार्र्है समाचार हेर्नुपर्ने केटाकेटीको जाँच होस् खाना खाने समय होस् घरमा समाचार कहिल्यै नबज्ने हुन्थेन। सायद समाचारको रस त्यसैबेला म मा पसिसकेको थियो।
ठुलो भएपछी के बन्ने रु डाक्टर,पाइलट वा इन्जिनियर हामी मध्ये धेरैले देखेको सपना हो यो । तर मलाई आफु सधैं शिक्षक बन्छु जस्तो लाग्थ्यो किनकी बोल्ने, पढ्ने र भाषामा मलाई सानैबाट रुचि थियो।
जिबनमा कहिले कहि पढ्दै जादा सिक्दै जाँदा नयाँ बाटो र नया मोडहरुमा यात्रा अघि बढ्छ र सपना र पाइलाहरु मोडिन्छन् अनि आफुले मोडेको बाटो धेरैका लागि नयाँ उर्जा , साहस , हिम्मत र सपना बनेर नयाँ गन्तव्य र बाटो बनि दिन्छन् ।
जिवनले पस्किएका अनेक भुमिकाहरु निभाउककंदै पछ्याउककंदै आउककंदा मलाई एकदिन बाल्यकालमा
बुवासककंगै समाचार हेर्दै आफुलाई टेलिभिजनमा कल्पेको याद आयो। एनजिओमा सानो भुमिकामा काम सकेर बस्दा मैले टेलिभिजनमा समाचारबाचिकाका लागि प्रयास गरें र त्यककंहाबाट सुरु भयो मेरो पत्रकारिताको यात्रा।
उच्च शिक्षा पढ्दै गर्दा मलाई कहिल्यै पत्रकारितामा आउककंछु जस्तो लागेको थिएन तर जब यहककां पसे लत जसरी यसप्रति मेरो लगाब बढ्दै गयो। पत्रकारिता एउटा नसा हो, तपाईलाई एक पटक यो नसा लागे पछी निस्कन धेरै गाह्रो हुन्छ । पत्रकारिता पेसा आफैमा एउटा पबित्र धर्म हो,जस्को प्रत्यक्ष सम्बन्ध समाज र समाजका पक्ष हरु सङ्ग जोडिएको हुन्छ जसरी हरेक धर्म आफैमा पबित्र हुन्छ त्यस्तै तपाइँको सोच र कर्म पनि पबित्र हुनुपर्छ तब मात्र एउटा राम्रो पत्रकार बन्न सकिन्छ ।
बिशेष गरि लैङ्गीक समानता, महिला नेतृत्वका र सामाजिक बेथितिका लागि लेख्ने तथा बोल्ने काम गर्दै आउककंदा मैले समाजमा मेरा काम र भुमिकाबारे अझै जिम्मेवारी बहन गरेको महसुस गरें। महिलाहरु नेतृत्वमा एकदम कम भएको नेपाल जस्तो देशमा पत्रकारिता क्षेत्रको नेतृत्व तहमा अझै बढी चुनैती रहेको र यसैमा स्थापित भई परिवर्तन ल्याउने अठोट मैले गरें।
अझै पनि पुरुषको तुलनामा महिलालाई हेरिने दृष्टिकोण कमजोर छ , पुरुषको तुलनामा समान काम गर्दा गर्दै पनि कम पारिश्रमिक दिने , राती अबेर सम्म काम गर्दा परिवार र समाजले के भन्ला भन्ने डर साथै कहिले काहीँ सहकर्मी वा सिनियरबाट हुने मानसिक तथा शारिरिक हिंसा आदि महिलाले पत्रकारिता क्षेत्रमा हुने र भोग्ने समस्याहरु हुन । पत्रकारिता पेसा हेर्दा जति आकर्षक, सजिलो र रमाइलो देखिन्छ, त्यति नै अप्ठेरो छ । अन्य पेसाजस्तो यसमा निश्चित समय तोकिएको हुँदैन । पत्रकारितामा लाग्नेका लागि साप्ताहिक बिदा र काम गर्ने निश्चित अवधि तोकिए पनि समाचार दिनुपर्ने दायित्वका कारण २४सै घन्टाजस्तो सजग रहनुपर्छ ।
जुनसुकै समय कुनै राजनीतिक, सामाजिक वा विपतका घटना हुन सक्छन्, पत्रकारले सर्वसाधारणलाई सुसूचित गर्नैप¥यो । आफ्नो स्वास्थ्य, चाडपर्व, पारिवारिक भेटघाट, मेला महोत्सवभन्दा पनि सूचना दिनुपर्ने जिम्मेवारी पत्रकारका लागि महत्त्वपूर्ण हुन्छ । त्यसैले पनि महिलाका लागि पत्रकारिता पेसा अन्य पेसाभन्दा बढी चुनौतीपूर्ण र कठिन छ । घर–परिवारप्रतिको जिम्मेवारी, कामबाट पाइने पारिश्रमिक, हिँडडुल गर्ने पेसा भएकाले समाजले हेर्ने दृष्टिकोण आदि कारण पत्रकारिता पेसालाई निरन्तरता दिन महिलाका लागि चुनौतीपूर्ण छ । त्यसैले होला, देशभर पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको सङ्ख्या न्यून छ, यद्यपि जति पत्रकार महिला छन्, उनीहरू साहसी छन्, निडर छन्, रमेका पनि छन्, जमेका पनि छन् ।पेसागत असुरक्षा, आर्थिक, भौतिक, सामाजिक, घरायसी समस्याका कारण थोरै महिलाले मात्र यो पेसालाई निरन्तरता दिन सकेका छन् ।
समाचार लेखनमा महिला–पुरुष भन्ने हुँदैन । कामका हिसाबले कुनै पनि सञ्चारगृहले ‘तिमी महिला हौ, यति मात्रै काम गर’ भन्दैन । कामको सवालमा रेडियो, पत्रिका, अनलाइन र टेलिभिजन जहाँ जे काम गरे पनि महिला भनेर कुनै छुट छैन । महिलाले पनि पुरुषसरह समय दिनुपर्ने र मिहिनेत गर्नुपर्ने हुन्छ । मानिसको जन्म एक महिलाबाट हुन्छ पालनपोषण र घरमा सहयोग सबै आमा दिदिबहिनीले गर्छन् तर तिनै महिलाको क्षमता र नेतृत्वमा भने सधैं शंका उपशंका हुने गरेको छ । यी र यस्ता कुटिल मानसिकता परिवर्तन हुन जरुरी छ। आम संचार क्षेत्रमा महिलाहरु नेतृत्व तहमा अझै कम रहेको अबस्थामा छ तर हामीले हिम्मत गर्नु पर्छ र हरेक क्षेत्रमा महिला नि पुरुष सरह वा सहि अवसर प्राप्त गरे अझै बढी सक्षम छौ भन्ने सोच राखेर अघि बढ्नु पर्छ।
आफ्नो देश र समाजमा परिवर्तन गर्न पत्रकारिता गर्न चाहाने जो कोहि पुरुष, महिला वा अन्य सबैले मिलेर अघि बढ्नुपर्छ यसो गरेमात्र सबै वर्गका बेथितिले न्यायोचित स्थान पाउने छ र सुद्धिध र समतामुलक समाज निर्माणमा टेवा पुग्ने छ।