समाचार लेख्दा ज्यान मार्ने धम्की लीलालाई


चैत ७, २०८०, बुधबार | दिउँसो ०३:५८ बजे | 65


समाचार लेख्दा ज्यान मार्ने धम्की लीलालाई

पम्फाकुमारी नेवार 
उनी अर्थात् लीला श्रेष्ठ २०६७ मा शारदा क्याम्पस भत्केकोपाटीस्थित कक्षा १२ मा अध्ययन गर्दैगर्दा समय समाज साप्ताहिक पत्रिकाबाट पत्रकारिता पेशामा आबद्ध भएकी थिइन् । पढाइको साथसाथै उनले पत्रकार बन्ने इच्छालाई पनि सँगै अगाडि लगी आफ्नो बाटो समाएकी थिइन् । उनले ३ वर्ष समय समाजमा काम गरेपछि पुनः पत्रकारिता पेसालाई अब्बल बनाउनको लागि आर. आर क्याम्पसमा पत्रकारिता विषयको अध्ययनकै क्रममा क्याम्पसबाटै इन्टर्नशिपको लागि २०७० मंसिरमा कान्तिपुर दैनिकमा प्रवेश गरिन् । उनको राम्रो काम र मेहेनतको सफलताको बापत उनी २०७१ वैशाखबाट भक्तपुर जिल्ला संवाददातामा नियुक्त भएकी थिइन् कान्तिपुरमा । उनी हालसम्म यसै पत्रकारिता क्षेत्रमा कार्यरत छन् । उनले यो एक दशकको समयअवधिमा धेरै आरोह अवरोहहरु पार गर्दै आएकी छिन् । भूकम्प, नाकाबन्दी, कोभिड १९, स्थानीय तथा संघको निर्वाचनहरुलाई नजिकैबाट नियाल्ने मौका पाएको कुरा लीला बताउँछिन् । 
समाचार लेख्दा धम्की 
उनी दिनरात नभनिकन आफ्नो कार्यप्रति सधैँ तत्पर हुन्थिन् । सधैंको जसो समाचार लेख्नको लागि हनुमन्ते खोलाको रिपोर्टिङ गर्न जाँदा उनलाई मानिसहरूबाट धम्की पनि आएको लीला सम्झिन्छिन् ।  आफ्नो ज्यान जोखिममा राखेर पनि उनले सधैँ इमान्दारिताको साथ काम गरिन् । हनुमन्ते खोला फर्काएको केशमा रिपोर्टिङ गर्न जाँदा होस् वा अवैध बालुवा खानी संचालनको विषयमा रिपोर्टिङ गर्न जाँदा धेरैपल्ट सेकेन्डसेकेन्डको पलपलमा आफ्नो ज्यान जोगाउन सफल भएको कुरा बताउछिन् लीला । यस्ता कयौ बाधा समस्यालाई पार गर्दै जाँदा नै थप नयाँ कुरा सिक्न पाउने र आफूलाई अगाडि बढाउने एउटा विषय भएको उनी सुनाउँंछिन् । यो नै पत्रकारको जीवनमा निकै महत्व रहेको लीला बताउछिन् । 
नयाँ थप जिम्मेवारी
कोभिड १९ पछि मरो जिम्मेवारी पनि बढ्यो । उप–सम्पादकमा बढुवा भएसँगै उपत्यकाको ३ वटै जिल्ला अन्तर्गत सामाजिक र अपराध तथा सुरक्षा बीटमा काम गर्ने मौका मिलेको थियो, लीला भन्छिन् । जिम्मेवारी बढेसँगै उनीमा झन् काम गर्ने हौसला बढेको कुरा लीला बताउँछिन् । यहाँसम्म आइपुग्दा उनले गरेको संघर्षको कुनै मूल्य नै छैन, किनकि त्यो संघर्ष अमूल्य रहेको छ । हाल कान्तिपुर दैनिकको उनको यात्रा उत्तरार्धमा छ । अब पत्रकारितामा फ्रिलान्यसको रूपमा काम गर्ने योजना रहेको कुरा लीला सुनाउँंछिन् ।

फाेटाेमा हेर्नुहाेस्...

समाचार लेख्दा ज्यान मार्ने धम्की लीलालाई

Comments