ख्वप कलेजका पत्रकारिताका विद्यार्थी सञ्चारग्राममा
चैत ७, २०८०, बुधबार | दिउँसो ०१:४३ बजे | 40
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा पत्रकारिता मुल विषय लिई अध्ययनरत विद्यार्थीहरु बुधबार अध्ययन भ्रमणका लागि सञ्चारग्राम काठमाडौं पुगेका छन् । कलेजमा स्नातक तह दोश्रो वर्षमा अध्ययनरत उनीहरुले प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, न्यूनतम पारिश्रमिक निर्धारण आयोग, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको अवलोकन भ्रमण गरेका थिए ।
काउन्सिलमा भएको भ्रमणमा प्रवक्ता दीपक खनाल, सहप्रवक्ता रामशरण बोहरालगायतले काउन्सिलले गर्ने मुख्य काम मिडिया अनुगमनका विविध विषयमा जानकारी गराएका थिए । त्यस अवसरमा पत्रकारितामा आचारसंहिता पालनाको महत्वबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।
विद्यार्थीले काउन्सिलका साथै अन्य सञ्चारसँंग सम्वन्धित कार्यालयका महाशाखा, शाखाहरुमा पुगेर त्यहाँं हुने कामकारबाहीबारे जानकारी लिए ।
फाेटाेमा हेर्नुहाेस्...