फोटोग्राफी प्रतियोगिता हुने


चैत ७, २०८०, बुधबार | दिउँसो १२:४० बजे | 60


फोटोग्राफी प्रतियोगिता हुने

निमा योञ्जन
भक्तपुर, चैत ७
ग्लोकल आफ्टर स्कुलले फोटोग्राफी प्रतियोगिता गर्ने भएको छ । ’हारमोनी अफ ह्युमानिटी एण्ड नेचर’ नामक विषयवस्तुमा स्कुलले आफ्नो स्कील वीक’ अन्तर्गत फोटोग्राफी प्रतियोगिता गर्न लागेको जनाएको छ । ’फोटो मार्फत आफ्नो विशेष र नैलो परिप्रेक्ष्यबाट मानव र प्राकृतिबिचको सम्बन्ध देखाउनु प्रतियोगिताको मुल उद्देश्य रहेको’ प्रोजेक्ट म्यानेजर अभिलाषा क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा भाग लिन मार्च २४, २०२४ सम्मको समय सीमा तोकिएको छ । साथै यस प्रतियोगिताको बिजेताले रू ५ हजार नगद पुरस्कार प्राप्त गरिने जनाइएको छ ।

Comments