वैज्ञानिक प्राध्यापक डा. भद्रमान तुलाधरको सम्झनामा श्रद्धाञ्जली सभा
चैत ७, २०८०, बुधबार | दिउँसो १२:१५ बजे | 80
काठमाडौं । मित्रकुञ्जबाट दिवंगत प्रा. डा. भद्रमान तुलाधरज्यूको सम्झनामा श्रध्दान्जली सभा आयोजना भयो ।
डा भद्रमान एक अग्रज शिक्षासेवी, वैज्ञानिक प्रोफेसर, एसिया कै प्रसिद्ध गणितज्ञ हुनुहुन्थ्यो । वहाँ काठमाडौं विश्वविद्यालयको संस्थापक सदस्य एवम जीवित इतिहास हुनुहुन्थ्यो । वहाँ सोभियत अलुमुल्याइहरुको संस्था मित्रकुञ्जको संरक्षक हुनुहुन्थ्यो ।
कार्यक्रमको शुरुआत स्वर्गीय भद्रमानको तस्विरमा माल्यार्पण एवं पुष्पअर्पणबाट भएको थियो ।
युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेजको हलमा भएको उक्त कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा डा जंगब चौहानले प्राध्यापक भद्रमान तुलाधरले शुरुमा काठमाण्डौं भ्याली क्याम्पस खडागर्नु भएको पछि काठमाडौं विश्वविद्यालयको जग हाल्ने काममा निरन्तर लाग्नु भएको बताउनु भयो । वहाँ कामलाई धर्म ठान्ने , बौद्ध दर्शनबाट प्रभावित र बानी व्यहोरा पनि सोही अनुरुप रहेको , जीवनको अन्तिम दिन सम्म पनि एमफिल व्यवस्थापन कार्यमा संलग्न हुनुन्थ्यो र राजनैतिको फोहोरी खेलको कारण उपकुलपति हुनबाट बन्चित हुनुभएको कुरा प्रकाश पार्नुभयो ।
सन् १९६६ मा वहाँसंगैे मस्को जानुभएका अध्ययनकालका सहपाठी वरिष्ठ ई शीव चन साखःले भद्रमान तुलाधर साथीहरुको हेरविचार र नेतृत्वगर्ने संरक्षक जस्तै हुनुहुन्थ्यो भन्नु भयो । वरिष्ठ इन्जिनियर प्रा. जगन्नाथ श्रेष्ठले डा. भद्रमान अन्तराष्ट्र्यि जगतमा नेपालको शान राख्ने मान्छे हुनुन्थ्यो र वहाँले नब्बे घनमिटरको बायोग्यास र मेथोन प्रोजेक्टको लागि अनुसन्धानकर्ताहरुलाई काठमाडौं विश्वविद्यालयमा रातो कापर््ेट विच्छ्याएर मार्गप्रशस्त गरिदिनु भएको कुरा सुनाउनु भयो । गणितमा एशियन लिडरहरुको त तुलाधर गुरु नै थिए वहाँको कथन थियो ।
कार्यक्रममा बोल्दै फ्रेण्ड्स अफ रुडिन नेपालका अध्यक्ष प्रा.डा. बुलन्द थापाले डा. भद्रमान तुलाधरको बुवा पूर्णमान शाक्य र भिक्षु अमृतानन्दले नेपालमा आनन्दकुटी बिहार स्थापना गरेका थिए, वहाँ पनि त्यही बुद्ध शील स्वभावमा हुर्कनु भयो र वास्तवमा ःबल ष्ल क्तबदष्ष्तिथ ष्ल ःयतष्यल हुनुहुन्थ्यो भन्नु भयो । वरिष्ठ इन्जिनियर एवं सिम्याट कन्सल्टेन्सीका संस्थापक ई. बाल सुन्दर मल्लले वहाँ मित्रकुञ्जलाई असाध्यै माया गर्ने भद्र भद्रमान हुनुहुन्थ्यो भनी आफ्नो श्रद्धा अर्पण गर्नुभयो ।
मित्रकुञ्जका पूर्व अध्यक्ष ई. नहेन्द्र प्रधानले मित्रकुञ्ज संस्था कमलपोखरीमा छदाँदेखि नै भद्रमान सर त्यहाँ आइरहनु हुन्थ्यो, वहाँको व्यक्तित्व र उचाइको सम्मान गर्दै तात्कालिन रुसी सास्कृतिक केन्द्रका निर्देशक सिमाकोभले वहाँसंग सल्लाह लिनेगर्थे र हामीले पनि वहाँको योगदानको कदर गर्दै मित्रकुञ्जको संरक्षकमा सम्मानस्वरुप मनोनयन गरेका थियौं भन्नु भयो । भद्रमान सरले गणितको विभिन्न अनुसन्धात्मक क्रियाकलाप बाट नेपाललाई विश्वसामु झल्काउनु भयो, वहाँ सच्चा बुद्ध दर्शन मार्गी हुनुहुन्थ्यो र वहाँको हिडाइ, बोलाइ र हेराइ पनि सोही अनसरुप भएको तथ्य प्रकाश पार्नुभयो ।
संस्थाका अर्का पूर्व अध्यक्ष एवम वरिष्ठ साहित्यकार ई. विष्णु बहादुर सिंहले भद्रमान सर जुनै कार्यक्रमममा जोडी सहित पुग्नुहुन्थ्यो , हामीले वहाँ र वहाँको योगदान सम्बन्धि कुनै स्मारिका वा सस्मरण प्रकाशित गर्न सके वहाँप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ भन्नुभयो ।
नेपाल रुस साहित्य समाजका महासचिव, मित्रकुञ्जका पूर्व अध्यक्ष एवम वरिष्ठ साहित्यकार ई. चन्द्रकान्त आचार्यले प्राध्यापक भद्रमान जुनै कार्यक्रममा पनि सहजै पुगिदिनुहुन्थ्यो , वहाँका लेखहरु असाध्यै स्तरिय र ऐतिहासिक हुन्थे, वहाँलाई विश्वका विभिन्न अनुसन्धानकर्ताहरुले निम्त्याउथे भन्दै वहाँसंगको भलाकुसारीका अनुभवहरु सुनाउनु भयो ।
संस्थाका पूर्व अध्यक्ष ई ध्रुव महर्जनले स्व. भद्रमान सर अत्यन्त सक्रिय, मित्रकुञ्जमा संधै आइरहने र एकपटक संस्थालाई अरबियन सोभियत अलम्युनाइ सम्मेलनको लागि आएको निम्तोमा कोही जान तयार नभएपछि वहाँले प्रतिनिधित्व गरेर जानुभएको मीठो स्मरण सुनाउनु भयो ।
मित्रकुञ्जका सचिव एवम साहित्यकार ई. रामविन्दु श्रेष्ठले २८ डिसेम्बर २०२३ का दिन भद्रमान सरको फोन आएको र वहाँले मित्रकुञ्ज ५७ औं वार्षिकोत्सवको स्मारिकाको लागि लेख लेखेको छु लिन आउन भन्ने भएको कुरा सुनाउदा सभा भावुक बनेको थियो ।
कार्यक्रमको अन्त्यमा बोल्दै इन्जिनियर डा. अमोद मणी दिक्षीतले प्रा. डा. भद्रमान तुलाधर शिक्षाको उन्नयनमा समर्पित प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो भन्दै वहाँले लेनिनग्राड देखि आफ्ना रुसी साथीहरुले पठाइको पुस्तकहरु बोकेर ल्याइदिनु भएको कुरा स्मरण गर्नुभयो ।
मित्रकुञ्जका अध्यक्ष ई. महेश प्रसाद पाण्डेले दिवंगत डा. भद्रमान तुलाधर बारे परिचयात्मक डकुमेन्ट्र्ी प्रस्तुत गर्दै शूरु भएको उक्त कार्यक्रमको संचालन संस्थाका महासविव ई. सुष्मा खत्री रञ्जीतले गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...