झण्डै मृत्युवरण गरेका एकजना पत्रकारको कहानी


चैत ५, २०८०, सोमबार | दिउँसो ०३:३२ बजे | 60


झण्डै मृत्युवरण गरेका एकजना पत्रकारको कहानी

मनिला प्रजापति
पत्रकारिता सुरु गरेको पनि २३ वर्ष बितिसकेछ । मैले पत्रकारिता पढाएका विद्यार्थीहरु पनि म जसरी नै पत्रकारिता गरिरहेका छन्, उनी अर्थात् पुराना पत्रकार कृष्ण किसी सम्झन्छन् । सुरुवातमा पत्रकारिता क्षेत्रमा संलग्न हुँदा पत्रकारिताकोबारेमा कुनै सैद्धान्तिक ज्ञान थिएन उनमा । त्यसबेला उनी दैनिक पुस्तकालयमा गएर पत्रपत्रिकाहरु पद्ने गर्दथ्यो । त्यसै बानीले गर्दा उनलाई यस क्षेत्रप्रति रुचि जगायो । हरेक दिन पत्रपत्रिकामा समाचारहरु पढेर नै उनले समाचार कसरी लेख्नुपर्छ भन्ने कुरा थाहा पाएँ, उनले भने । उनले आईए सकिएपश्चात् साप्ताहिक पत्रिकामा रिर्पोटरको रुपमा कार्य गरे । त्यसै समयमा उनले विभिन्न पसलहरुमा पत्रपत्रिका पुरयाउने कार्य पनि गरेका थिएँ साइकलबाट । त्यसैको आधारमा उनले आफ्नो आर्थिक स्रोतको सृजना गरेका थिए ।
पत्रकारितामा अन्य पेशामा जस्तो धेरै पैसा कमाउन सकिँदैन तर यस पेसाबाट जुन समाजमा व्यक्तिहरुले गर्ने सम्मान, मानिसबीचको सम्बन्ध, रमाइलो पल अरूबाट आउँदैन, उनी भन्छन् । आफ्नो रुचि र आफ्नो मनदेखि पत्रकारिता गरेको कारण यति वर्ष बित्दा पनि आफूलाई कुनै पनि क्षण पत्रकारिताबाट टाढा जाऊ भन्ने आनुभुति नआएको भक्तपुरको जगती बस्ने नागरिक दैनिकका रिपोर्टरका रुपमा काम गर्ने उनी भन्छन् । साथै आफ्नो एवीसीडी खबर नामको अनलाइन सञ्चालन गर्ने गरेका उनले प्रधानमन्त्रीबाट सम्मानित भएको समेत सम्झे ।
समाचार लेख्दा आनन्द महसुस हुन्छ ।
उनले यतिका वर्ष पत्रकारिताका लागि समाचार लेख्दा उनलाई त्यस समाचार प्रकाशन भए पश्चातको हरेक पल आनन्द महसुस हुन्छ । उनले विशेष गरी आफ्नो समाजमा भएका समस्याहरुलाई समेटेर सोही विषयमा समाचार तयार गर्ने गर्दछन् । उनले यसरी लामो समयदेखि यसरी नै थुप्रै समस्यामा परेका व्यक्तिहरुको मद्दत गरिसकेका छन् । यसरी समस्यामा परेका मानिसहरूलाई मद्दत गर्न पाउँदा किसी निकै खुसी हुन्छन् । उनी आफ्नो समाजमा भएको अन्याय र असमानतालाई लिएर निकै चिन्तित थिए । तर जब उनले पत्रकारिताको माध्यमबाट सहयोग प्राप्त भएको देखे उनले समाचार लेखनलाई निरन्तरता दिँदै गए ।
पत्रकारिता पछिको रोजाइ शिक्षण पेसा
किसीले पत्रकारिता गरेसँगै आफूले सिकेका कुरा र आफूले भोगेका अनुभव विद्यार्थीहरुलाई दिन उनले शिक्षण पेशा पनि अङ्गाल्दै आएका छन् । विगत लामो समयदेखि उनले यस पेशालाई पनि निरन्तरता दिँदै आएका छन् । शिक्षण पेशाबाट त्यति राम्रो आम्दानी नहुने भए तापनि उनले विद्यार्थीहरुलाई पत्रकारिता अध्यान गराउँदैछन् । राम्रो पत्रकार बनाउन र पत्रकारिता क्षत्रको महत्व बुझाउनमा उनी केन्द्रित छन् । सुरुमा उनले सैद्धान्तिक ज्ञान दिने र त्यसलाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई रिपोर्टिङमा लाने र उनीहरुलाई समाचार लेख्न लगाउने गर्दछन् । यसरी आफूले यतिका लामो समयको अनुभव छोटो समयमा विद्यार्थीहरुलाई सिकाउन पाउँदा उनी खुसी छन् ।
पत्रकारिताको नरमाइलो पल
पत्रकारिता गर्दा समयसमयमा विभिन्न ठाउँमा रिपोर्टिङको लागि जानुपर्ने हुन्छ । रिपोर्टिङ गर्न र समाचार बनाउन किसीलाई कहिले पनि नरमाइलो तथा पछि हट्न मन लागेन । उनले यस पेसा गर्दा रमाइलारमाइला पलहरुको अनुभव गरे तर यससँगै एउटा यस्तो घटना घट्न पुग्यो जुन उनी चाहेर पनि भुल्न सक्दैनन् । सामान्य दिन जस्तै रिपोर्टरका टोली ललितपुरको भट्टेडाँडामा रिपोर्टिङ गरेर फर्किने क्रममा उनी यात्रा गरिराखेको बस नराम्रो तरिकाले भिरबाट खस्यो । बसमा यात्रा गरिरहेका २० जनामध्ये किसी एक्लै बाँच्न सफल भएका थिए । घाइते किसीलाई ३,४ दिनपछि होस आएको थियो । साँघुरो बाटो अगाडिबाट आएको सवारीसाधनलाई बाटो छोडेर छेउमा बस्ने क्रममा माटो भासिएर दुर्घटना भएको थियो, जुन घटनालाई उनी आफ्नो पत्रकारिता जीवनकै अविस्मरणीय पलको रूपमा लिन्छन् ।
पत्रकारिताको आचारसंहितालाई निरन्तरता दिँदै
जुनसुकै काम गर्दा पनि त्यसको नियम र सिद्धान्त हुन्छ, । त्यस्तै पत्रकारिताको पनि आफ्नो छुट्टै नियम छ । यसको पालना नगरेमा वा दुरुपयोग गरेमा ठूलो समस्या निम्त्याउन सक्छ । यसकोबारेमा किसीलाई राम्रो जानकारी भएको कारण उनले आफ्नो यतिका लामो समयमा पनि कुनै गलत खबर प्रचारप्रसार तथा गलत समाचार लेख्ने काम गरेनन् । उनी निष्पक्ष भएर समाचार लेख्ने गर्छन । कतिपय समयमा आफूले सत्य समाचार प्रवाह गर्ने क्रममा विभिन्न व्यक्तिहरुले धम्की दिँदा पनि पछाडि नहाटी सत्य सूचना तथा खबरहरु मात्र प्रवाह गर्दै आएको उनले बताए । पत्रकारिता आवाजविहिनको आवाज भएका कारण यसबाट थुप्रै व्यक्तिहरुको मद्दत गर्न सकिने भएकोले आफ्नो ठाउँ वरपर भएको समस्यालाई पहिचान गर्न किसी विभिन्न ठाउँमा अवलोकन गर्न पनि जान्छन् ।

फाेटाेमा हेर्नुहाेस्...

झण्डै मृत्युवरण गरेका एकजना पत्रकारको कहानी

Comments