भक्तपुरमा थप एक सय २ जना संक्रमित
कार्तिक ८, २०७७, शनिबार | विहान ११:५५ बजे | 10
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।