भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्चलाई गरियो सम्मान


चैत ३, २०८०, शनिबार | विहान १०:३६ बजे | 65


भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्चलाई गरियो सम्मान

भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन् । भक्तपुर नगरपालिका वडा नं १ नपलीस्थित नपली नेपाः पुचःले शनिबार उनलाई एक समारोहवीच सम्मान गरेको हो । नपली टोलको सवैभन्दा जेष्ठ एक सय वर्ष पुगेकोमा सम्मान स्वरुप अभिनन्दन गरेको हो । पुचःका अध्यक्ष इन्द्रमान श्रेष्ठले दोसल्ला ओढाई, सम्मानपत्र प्रदान गरी उनलाई सम्मान गरेका हुन् । 
सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाएको थियो । उनकी धर्मपत्नी केशरी पंच पनि सम्मान कार्यक्रममा मञ्चमा थिइन् । उनको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उनी पनि एक सय वर्ष प्रवेशको क्रममा छन् । 
उनीहरुको पुख्र्याैली घर भक्तपुर नगरपालिका वडा नं १ (साविक वडा नं १७) इटाछेंमा थियो । तर हाल उनीहरु जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार भक्तपुरमा कान्छो छोरा लक्ष्मीप्रसादसँंग वस्छन् । उनीहरुका माइलो र साइलो छोराहरु भक्तपुर नगरपालिका वडा नं १ नपलीमा वसोबास गर्छन् । यही हिसावले उनलाई नपली टोलले सम्मान गरेको हो । 
कार्यक्रममा हरिलालले आफूलाई सम्मान गरेको संस्थाका लागि पाँंच हजार नगद सहयोग प्रदान गर्नुभयो । संस्थाले टोलमा वनाउँंदै गरेको घाट (श्राद्ध गर्ने ठाउँं) बनाउन रकम अभाब भएकोले बुबा हरिलालको नाममा आफूले रकम सहयोग गरेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए । 
हरिलाल र केशरीका चार छोरा र तीन छोरीहरु थिए । तीन छोरीहरु भने वितिसकेका छन् । उनका चार छोरा र चार बुहारीहरुसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरुसमेत भइसकेका छन् ।
कार्यक्रममा विभिन्न पुचःका विभिन्न व्यक्तिहरुले पनि संस्थालाई सहयोग रकम हस्तान्तरण गरेका थिए । उनीहरु त्यहाँं भेला भई एकदिने भोज कार्यक्रममा रमाएका थिए । संस्थाले टोलका एक सय ५६ घरधुरीहरुमध्ये एक सय १२० घर परिवारलाई पुचःमा सदस्यता प्रदान गरी प्रति वर्ष प्रति घर परिवार एक हजार पाँंच सय रुपैयाँं सदस्यता शुल्क उठाउँंदै आएको संस्थाका सचिव एवं बागमति प्रदेशका सांसद देवेन्द्र श्रेष्ठले बताए । उक्त रकमबाट टोलका कुनै परिवारका सदस्य वित्दा एक हजार ६ रुपैयाँं आर्थिकसहित समवेदना प्रकट गर्ने, टोलबासीका लागि निःशुल्क एम्वुलेन्सको व्यवस्थासहित टोल विकासका काममा लागिरहेको उनले जनाए । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्चलाई गरियो सम्मान
भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्चलाई गरियो सम्मान

Comments