बुटवल उपमहानगरपालिमा र मेलौली नगरपालिका फाइनलमा भिड्दै
चैत २, २०८०, शुक्रबार | दिउँसो ०१:०६ बजे | 45
चैत २, भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत शुक्रवार बुटवल उप महानगरपालिका र पोखरा महानगरपालिकाविच सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३-२५ अंकले पराजित गरेको छ । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै तिव्र प्रतिस्पर्धाविच भिमदत्त नपा र मेलौली नपाविचको सेमिफाइनलको खेलमा मेलौलीले भिमदत्तलाई ३७-३१ अंकले पराजित गरेको छ । उक्त खेलमा मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।
बुटवल उपमहानगरपालिका र मेलौली नगरपालिका फाइनल खेल शनिवार बिहान ८ बजे सहिद स्मृति खेलमा हुने भएको छ भने पुरस्कार वितरण एवम् समापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद् माननीय प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने भएको छ .
फाेटाेमा हेर्नुहाेस्...