चांगुनारायण नगरपालिका सरस्वतीखेलबासी खानेपानी व्यवस्थापन समितिसंग आक्रोशित
चैत १, २०८०, बिहीबार | दिउँसो ०३:५० बजे | 105
अमिषा कार्की
भक्तपुर, चैत्र १
भक्तपुरको चांगुनारायण नगरपालिका–१–सरस्वतीखेलका स्थानीयहरु खानेपानी व्यवस्थापन समितिसंग निकै असन्तुष्ट भएका छन् । घरघरमा धाराको व्यवस्था भायता पनि पिउनयोग्य पानी धारामा नआउने र आय पनि केही समयको लागि मात्र आउने गरेको भन्दै उनीहरु आक्रोशिन बनेका हुन् ।
पानी अभाबले स्थानीयहरुलाई पानीको ठूलो समस्या परेको छ । धारा आउने निश्चित समय नभएको कारण धारा कहिले आउँछ ? भनेर कुर्नुपर्ने वा धारो आयो कि भनेर हेर्नु पर्दा उनीहरु पीडामा छन् । कहिलेकाही बिहान, केही समय ढिला भएमा धारो नै बन्द भैसकेको हुन्छ, उनीहरुले भने । अझ कति दिनसम्म धारो नै नआउने पनि हुने गरेको उनीहरुले बताए ।
स्थानीय समुदायका अनुसार पाइपलाइन फरकफरक भएको कारण कसैको घरमा धारो आउने त कसैकोमा नआउने पनि हुन्छ । साथै कसैकोमा ठूलो धारो आउँछ त कसैकोमा सानो आउँछ । यसले गर्दा पनि स्थानीय समस्यामा परेका छ्न । सबैले बराबर रकम तिर्नपर्ने तर धारोको प्रयोग सबैले एकैनास प्रयोग गर्न नपाउने उनीहरुको गुनासो छ ।
खानेपानीको महसुल हरेक महिना तिर्नपर्छ,्र समितिले नियमित रूपमा खानेपानी प्रवाहा नगरेता पनि केही नहुने हुदा स्थानीय असन्तुष्ट छन्, उनीहरुको भनाई छ । स्थानीयले पैसा तिरेको १ महिनाको हो तर राम्रोसँग धारोमा पानी आउदैन, उनीहरुले भने । आफूले तिरेको रकम अनुसारको सुविधा प्राप्त नगरेको कारण स्थानीयको सुडालको खानेपानी व्यवस्थापन समितिप्रति गुनासो रहेको हो ।