भक्तपुर—धुलिखेल सडक विस्तारको काम तीव्र
चैत १, २०८०, बिहीबार | विहान ०६:१४ बजे | 90
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको राजमार्ग विस्तार कार्य तीव्र देखिएको छ । राजमार्ग विस्तार अन्तर्गत सवैतिर धमाधम काम भइरहेका छन् । भक्तपुर खण्डको आदर्श वस स्टपमा डाइभर्सन रोड बनाई काम तीव्र छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजना चालू छ । यही योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरु भत्काइएका हुन् ।
सूर्यविनायक धुलिखेल राजमार्ग खण्ड विस्तार आयोजनाको अगुवाईमा टहराहरु भत्काउन थालिएका हुन् । फिल्डमा खटिएका आयोजनाका इन्जिनियर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्रअधिकारभित्र बनाइएका अस्थायी संरचनाहरु भत्काउन थालिएका बताए । यो कामलाई निरन्तर रुपमा अगाडि वढाइने जानकारी उनले गराए । राजमार्ग केन्द्रबाट नाप्दैनाप्दै अनियमित भएकाहरु ध्माधम भत्काइरहेका हुन् । त्यसका लागि डोजरको प्रयोग गरिएको छ ।
अरनिको राजमार्ग भक्तपुर र सूर्यविनायक नगरपालिकाको सिमाना हो । राजमार्गको उतर क्षेत्र भक्तपुर नगरपालिका क्षेत्र पर्दछ भने दक्षिण क्षेत्र भक्तपुरकै सूर्यविनायक नगरपालिका क्षेत्र पर्दछ । पहिलो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका अस्थायी टहराहरु भत्काउन थालिएका हुन् ।
सूर्यविनायक धुलिखेल राजमार्ग खण्ड विस्तार अन्तर्गत अहिले धमाधम कामहरु सडक विस्तार निर्माणका कामहरु भइरहेको छ । अतिक्रमका कारण सडक विस्तार कार्यमा ढिलाई भएको भन्दै अस्थायी संरचना भत्काउन थालिएको जनाइएको छ ।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि काठमाडौंको सडक भने ६ लेनको छ । सूर्यविनायकदेखि पूर्वतिरको धुलिखेल राजमार्ग खण्ड पनि ६ लेन नै बनाउने कार्य अहिले धमाधम चालू रहेको हो छ । हाल यो सडक दुईलेनको मात्रै छ । यही क्रममा मिचेर बनाइएका संरचनाहरु भत्काउन थालिएका हुन् ।
पीडितहरुले भने विना जानकारी भत्काउन थालेको भन्दै विरोध जनाएका छन् । पूर्व जानकारी दिएको भए आफूहरुको सामान नष्ट नहुने भन्दै उनीहरुले दःख विसाएका छन् । अहिले तत्कालै नगर्नुस्, दिनभरिको समय दिनु्स्, हामी आफैं भत्काउँंछौ भन्दा पनि दिएन, एकजना पीडित संयोग बस्न्यातले भने, पूर्व सूचना नपाएका कारण हाम्रो सम्पति नष्ट भयो ।
अतिक्रमित संरचनाहरु भत्काइएपछि भने सर्वसाधारण खुशी देखिएका छन् । राजमार्ग विस्तार कार्य छिटो सकेर सडक जाम नहुने विश्वासमा उनीहरु खुशी भएका हुन् । अहिले विशेष गरेर जगातीदेखि सूर्यविनायकसम्म विहान बेलुकी जहिले जाम हुने गरेको छ । सूर्यविनायकदेखि काठमाडौंसम्म भने यो अघि नै ६ लेन सडक भएकोले यो वीचमा जडिबुटीमा मात्रै जाम हुने गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...