किन आइन् काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल भक्तपुर ?
फाल्गुन ३०, २०८०, बुधबार | दिउँसो १२:४४ बजे | 55
भक्तपुर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार भक्तपुर पुगेकी छिन् । भक्तपुरको शहीद स्मृति खेल मैदानमा भइरहेको कवर्डी प्रतियोगिता हेर्न उनी भक्तपुर पुगेकी हुन् । काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकावीच भएको खेल हेर्न उनी भक्तपुर पुगेकी हुन् । उनी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीसँंगै प्रतियोगिता हेर्न बसेकी थिइन् । प्रतियोगितामा भक्तपुर विजयी बनेको थियो । सुरुमा काठमाडौंले विजयी सुरुवात गरे पनि अन्तिममा विजयी भक्तपुरले हात पारेका थियो । उनी झण्डै एक घण्टा भक्तपुर बसेकी थिइन् ।
तस्वीरहरु विकुराम तजलेबाट
फाेटाेमा हेर्नुहाेस्...