जसले माओवादी युद्धमा दुईटै खुटा गुमाए........


फाल्गुन २९, २०८०, मङ्गलबार | दिउँसो ०३:३२ बजे | 85


जसले माओवादी युद्धमा दुईटै खुटा गुमाए........

निशा बाखु
भक्तपुर । माओवादी युद्ध, राजतन्त्रलाई समाप्त गर्न र गणतन्त्रलाई स्थापना गर्ने उद्देश्यले सुरुवात गरेको आन्दोलनमा धेरै आम जनता लगायत कयौं नेपाली सेनाहरुको मृत्यु भएको थियो । कयौं सेनाहरू घाइते र बेपत्ता भएका थिए । त्यही आन्दोलनको परिणामस्वरूप करिब १७ हजार भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो । हजारौं हजारौं व्यक्तिहरु पनि घाइते भएका थिए । यसै आन्दोलनमा घाइते भएकामध्ये एक जना हुन्, लोकनारायण श्रेष्ठ । उसले आफ्नो दुवै खुट्टा घुडाभन्दा मुनिको घुमाउनु परेको थियो । उनै श्रेष्ठको छुट्टै डरलाग्दो र भावुक कथा छ । 
उनी आफ्नो २१ वर्षको उमेरमा नै नेपाली सेनामा भर्ति भएका थिए । सानै उमेरदेखि नेपाली सेनामा भर्ति हुने र देश र जनताको सेवा गर्ने इच्छाले उनले आफनो लक्ष्य र भविष्य नेपाली सेनामा बढाएका थिए । उनी २०५७ मंसिर ४ गते सेनामा नियुक्त भए । त्यस समयमा देशमा शान्तिको माहोल थियो । जब २०५८ मा नेपालमा आन्दोलन हुन लाग्यो तब देशमा अशान्ति बढ्न थाल्यो । राज्यमा आन्दोलन हुने भएको कारण सेनाको जिममेवारी बढ्न थाल्यो । जब श्रेष्ठले यो जानकारी पाए उनी पनि आफनो कर्तव्य निर्वाह गर्न डिउटीमा लागि रहेका थिए ।     
नेपाली सेनाको एक हुल नवलपरासीको जङ्गलमा गइरहेको थियो । त्यस हुलमा श्रेष्ठ पनि सामिल थिए । त्यस जङ्गलमा माओवादीको बमले धेरै नेपाली सेनाको मृत्यु भयो । कति घाइते भएका थिए । त्यसमा श्रेष्ठले भने आफ्नो दुवै खुट्टा घुडाभन्दा मुनीको घुमाउनु परेको थियो । त्यहाँ विस्फोट भए पश्चात उनी बेहोस भए । त्यहाँ उनको २÷३ दिनसम्म होस् नआएको र काठमाडौंको छाउनी अस्पतालमा ल्याई उपचार गर्ने क्रममा करिब ३÷४ दिनपछि होस आएको उनले बताए । लगभग १ हप्तापछि आफू होसमा आउदा आफ्नो यस्तो आवस्था देखेर उनी अतिए तर उनले आफूले आफूलाई सम्हाले । उनलाई आफ्नो यो अवस्था भन्दा उनलाई आफनो परिवार कसरी सम्हाल्ने भन्ने कुराको चिन्ता लागेको थियो । उनको यो अवस्थाको खबर परिवारमा परे पश्चात् परिवारमा सबैजना अतिए र भावुक भए । उनको परिवारलाई उनी एकलैले आर्थिक सहयोग गर्दै आइरहेका थिए । श्रेष्ठ भन्छन्, यो घटनालाई सम्झिदा अझै पनि दुःख लाग्छ । तर श्रेष्ठको यस्तो अवस्थामा आफ्नो जीवनसाथीले हरेस नखाई आफ्नो र छोराछोरीको हेरचाह गरिन् ।
श्रेष्ठलाई त्यस आन्दोलनको असर अहिलेसम्म पनि परिरहेको छ । उनलाई त्यस आन्दोलनमा परी घाइते भए पश्चात् सरकारले उनको उपचारको सम्पूर्ण खर्च गरेको थियो । तर उनको दैनिक कार्य गर्न उनलाई निकै कठिन छ । उनले हाल दुवै यान्त्रिक खुट्टा राखेर आफ्नो दैनिक जीवन काटिरहेका छन् । उनलाई त्यस आन्दोलनमा परेर आफ्नो खुट्टा गुमेर उनी पश्चाताप गर्दैनन् । किनकि उनले भर्ति हुने समयमा नै आफ्नो देश र जनताको लागि आफ्नो ज्यान पनि दिनसक्ने सोचले भर्ति भएका थिए । श्रेष्ठ भन्छन् “आफूलाई नेपाल सरकारले गरेको सहयोगबाट एकदमै खुशी भएको छु तर आफु जस्तै धेरै पीडामा भएको व्यक्तिहरूलाई अझै सहयोग नपाएको देख्दा दुःख लाग्छ । 
हाल उनी आफ्नो यो आवस्थामा पनि खुशी छन् । किनकि उनले आफ्नो स्वार्थको लागि नभई आफ्नो देश र जनताका लागि लडेको थिए । आफ्नो यो आवस्थामा उनको श्रीमती र छोराछोरीको साथ सहयोग पाउँदा आफुले आफुलाई निकै भाग्यमानी ठान्छन् । उहाँं हाल काठमाडौंको इचुंगुमा बसोबास गर्नुहुन्छ । 

फाेटाेमा हेर्नुहाेस्...

जसले माओवादी युद्धमा दुईटै खुटा गुमाए........

Comments