इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर


फाल्गुन २८, २०८०, सोमबार | दिउँसो ०१:३२ बजे | 95


इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर

वागिश्वरी कलेज, भक्तपुरमा स्तातक चौथों तहमा अध्ययनरत बिद्यार्थीहरुको चाँगुनारायण स्थित हेल्पिंग ह्यान्ड फेल्ट क्राफ्ट उद्योगमा अवलोकन कार्यक्रम सम्पन्न भयो | घरकै सदस्यहरूबाटै रू ५० हजार लगानी गरी १५ वर्ष अघि शुरूवाट गरेको फेल्ट ब्यावसायले आज १०० भन्दा बढी महिलाहरूलाइ रोजगारी प्रदान गर्न सफल भएको उद्यमी राजु भडेलले बताउँनुभयो । साथै कुनै पनि काम सानो ठूलो नहुने बताउँदै इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर रहेको कुरामा जोड दिनु भयो । साथै बिद्यार्थीहरूको जिज्ञासाको उत्सुकता मेटाउदै दिदै निरन्तर एकचित्त भइ लागेमा सफल हुने कुरामा निश्चिन्त रहन बिद्यार्थीहरूलाइ हौसला प्रदान गर्नुभयो । उद्योगका ब्यवस्थापक एवं युवा महिला उद्यमी रोशनी भडेले भेडाको उनबाट हाल जुता, कि-रिङ, ब्याग लगायतका सामानहरूको उत्पादन र भविष्यमा गर्दै आएको र सोही कार्यलाइ भविष्यमा बिस्तारै गर्दै लैजाने लक्ष्य रहेको बताउँनुभयो । औद्योगिक अवलोकनले बिद्यार्थीहरुमा थप उर्जा दिने बताउदै अवलोकनको अवसार प्रदान गर्नुभएकोमा वागिश्वरी कलेजको तर्फबाट धन्यवादका साथ मायाको चिनो प्रदान गर्दै ब्यवस्थापन संकायका प्रमुख श्री बब्लु कुमार रावतले उद्योगलाइ बिदेशमा निर्यात मात्रै नगरी स्वदेशमै पनि बजार बिस्तार गर्न सकिने कुरामा जोड दिंदै यस्ता औद्योगिक अवलोकनले नवप्रबर्धन कार्य शुरू गर्न समेत प्रेरणा मिल्ने भएको बताउँनुभयो । न्यजिल्याण्डबाट भेडाको ऊन आयात गरि विभिन्न सामानहरु उत्पादन गरि पुन बिदेशमै निर्यात गर्दै आएको उक्त व्यवसायलाई राम्रो बजारीकरण गरि स्वदेशमै बिकी वितरण गर्न सकेमा नेपालीहरुलाई थप रोजगारीको सिर्जना गर्न सक्ने कुरामा कलेजका शिक्षक एवं औद्योगिक अवलोकनका संयोजक श्री दिनेश सुवालले बताउँनुभयो । कलेजका शिक्षकहरू चण्डेश्वरी लाखा, मिरा प्रजापति, राजकुमार कसपाल, बाबु कृष्ण के.सी. लगायतको उपस्थिति रहेको उक्त अवलोकन भ्रमणमा भेडाको ऊनको ब्यवसाय गर्ने शुरू गर्न कहाँबाट प्रेरणा मिल्यो भन्ने शिक्षक श्री नविन प्रजापतिको जिज्ञासामा आफु ललित कलाको बिद्यार्थी रहेको कारणले सोहि क्षेत्रमै केहि गरौँ भन्ने भित्रि इच्छाले प्रेरित भएको उद्यमी भडेलले बताउनु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर
इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर

Comments