भोलि दिउँंसो प्राडा श्रेष्ठको पुस्तक विमोचन हुने


फाल्गुन २७, २०८०, आइतबार | दिउँसो ०१:२० बजे | 55


भोलि दिउँंसो प्राडा श्रेष्ठको पुस्तक विमोचन हुने

प्रमिला कार्की (प्रशिक्षार्थी पत्रकार)
भक्तपुर । इतिहास एवं संस्कृतिविद् प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठद्वारा रचित आन्तरङ्गका तरङ्ग (इतिहास संस्कृति र पुरातत्व) पुस्तक सार्वजनिक हुने भएको छ । कार्यक्रम फागुन २८ गते सोमबार दिउँंसो १ बजे भक्तपुर लिवालिस्थित ख्वप इन्जिनियरिग कलेजमा हुने जनाएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख अतिथ्यमा पुस्तक विमोचन कार्यक्रम हुन लागेको जनाएको छ । लेखक प्राडा श्रेष्ठका अनुसार उनको ४० वर्षको मेहेनतको उपजको रुपमा पुस्तक वाहिर आउन लागेको हो । पुस्तकमा १०१  वटा लेखको सङ्ग्रह माला भएको उनले बताए । पुस्तकको प्रकाशन संचित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको हो ।

फाेटाेमा हेर्नुहाेस्...

भोलि दिउँंसो प्राडा श्रेष्ठको पुस्तक विमोचन हुने

Comments