भक्तपुरमा सकियो शान्ति सदभाव पदयात्रा (तस्वीरहरु छन्)
फाल्गुन २६, २०८०, शनिबार | दिउँसो ०१:३५ बजे | 50
भक्तपुर । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरमा शनिबार शान्ति सदभाव पदयात्रा भएको छ । पदयात्रा भक्तपुरको कमलविनायकबाट विहान सुरु भएको थियो ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र कमलविनायक भक्तपुरको आयोजनामा पदयात्रा भएको हो । मानिसमा ईश्वरीय ज्ञान दिने उद्देश्यका साथ यात्रा गरेको आयोजकले जनाएको छ ।
पदयात्रा कमलविनायकबाट सुरु भई भक्तपुर नगर परिक्रमा गरेको थियो । प्रतियोगिताको उदघाटन संघीय सांसद् दलर्भ थापाले गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...