शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मुर्ति निर्माण द्रुत गतिमा


फाल्गुन २४, २०८०, बिहीबार | साँझ ०४:११ बजे | 55


शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मुर्ति निर्माण द्रुत गतिमा

काठमाडौँ– शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लभ थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सराहनीय काम गरेको बताए । उनले भने ‘ १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई वर्षभित्रै यहाँका सम्पुर्ण कामहरुलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रुपमा यस ठाउँलाई विकास गनुपर्छ ।’ कार्यक्रमको अध्यक्षता गरेका मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले भक्तजनहरुलाई आशिरवचन समेत बक्स भएको थियो । उनले भने ‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जीवन अत्यन्त छोटो छ । हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जिवन अत्यन्त महत्वपुर्ण छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’ अघि बोल्दै उनले भने,उक्त स्थानमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम पूारा गर्ने प्रतिबद्वता सुनाए । सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उनले जानकारी दिए । शिव पार्वती रथ यात्राको कार्यक्रममा स्वामी १००८ सत्यदेब महाराजले समेत भक्तजनहरुलाई आशिरचन दिएर भक्तजनहरुलाई उत्साहित गरे । उनले नेपाल आमाको काँखमा धेरै शन्तहरु जन्मे तर बुद्धिकुमार गुरुको काम असाधारण रहेको सुनाए । समारोहमा शान्तिको कामना गर्दै ६ वटा सेतो परेवा समेत सो अवसरमा उडाइएको थियो ।

Comments