सकियो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल ः विजयी वडा नं ९ ले पायो दुई लाख ५० हजार पुरस्कार
फाल्गुन २४, २०८०, बिहीबार | दिउँसो १२:४३ बजे | 35
मध्यपुर थिमि । दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका वडा नं ९ विजयी भएको छ । बिहीबार भएको फाइनल खेलमा वडा नं वडा नं ५ लाई पराजित गरी वडा नं ९ विजयी भएको हो ।
मध्यपुर थिमि नगरपालिकाका प्रायोजनमा मध्यपुर युथ एसोसिएसनद्दारा आयोजित प्रतियोगितामा वडा नं ३ तेश्रो भएका छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर वडा नं ३ का अम्बर श्रेष्ठ घोषित भए । साथै, उत्कृष्ट रक्षक वडा नं ५ का सुदर्शन श्रेष्ठ भए । उत्कृष्ट मिड फिल्डर वडा नं ३ का विक्रम के.सी घोषित हुन सफल भए भने उत्कृष्ट स्ट्राइकर वडा नं ९ का यमन राजवाहक भए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वडा नं ९ का यमन राजवाहक, उत्कृष्ट प्रशिक्षक वडा नं ९ का तुल्सी भुजु राजा, अनुशासित टोली वडा नं ७ हुन सफल रहे ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार नगद प्राप्त गरे । साथै, दोश्रोले एक लाख २५ हजार प्राप्त गरे । साथसाथै तेश्रोले ६० हजार नगद पुरस्कार प्राप्त गरे । प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गरेका थिए । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु १० दस हजार प्राप्त गरे । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले नगद रु २० हजार र प्रतियोगिताभरको अनुशाशित टिमलाई फेयर प्ले टिमले नगद रु २५ हजार प्रदान गरियो ।
प्रतियोगिता राउण्ड राउण्ड रोविनको आधारमा खेलाइएको थियो । आयोजक एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाभित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाएको जनाए । प्रतियोगिताको उदघाटन नेपाली कांग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले गरेका थिए । एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सवै टिमले आठ खेल खेलेको र प्रतियोगितामा ३६ वटा म्याचहरु रहको स्मरण गरे ।
प्रतियोगिताका लागि नगरपालिकाबाट २५ लाख प्रदान गरिएको थियो । पहिलो पटक २०७९ मा पनि यस्तै प्रतियोगिता भएको थियो । त्यसका लागि नगरपालिकाले २० लाख पैसा दिएको थियो । यो वर्षको प्रतियोगिताका लागि कुल २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...