यू–१६ महिला साफ फुटबलमा नेपालको यात्रा समाप्त


फाल्गुन २४, २०८०, बिहीबार | विहान ११:५० बजे | 50


यू–१६ महिला साफ फुटबलमा नेपालको यात्रा समाप्त

बिनिता थापा
काठमाडौँ, २४ फागुन । भारतसँगको हारसँगै यू–१६ महिला साफ फुटबलमा नेपालको यात्रा समाप्त भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार फाइनलमा पुग्ने निर्णायक खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएको हो ।
यससँगै नेपाल लिग चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा नेपाल बंगालदेशसँग २–० को गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ३–० को गोलअन्तरले हराएको थियो ।
बंगलादेश दुई खेलमा ६ अङ्कसहित फाइनलमा पुगिसकेको छ । भोलि शुक्रबार बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । भुटान अङ्कविहीन हुँदै बाहिरीसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

Comments