ऐतिहासिक भाजु पुखूको यसरी गरियो सरसफाई (फोटो कथा)


फाल्गुन २३, २०८०, बुधबार | विहान ०६:१६ बजे | 100


ऐतिहासिक भाजु पुखूको यसरी गरियो सरसफाई (फोटो कथा)

भक्तपुर । भक्तपुर नगरपालिकाले आज बिहान भक्तपुरको ऐतिहासिक भाजु पुखू परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । २०८० फागुन २५ गते शिवरात्रीको दिनमा भाजु पुखू उद्घाटनको तयारीस्वरुप नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, वडाका स्थानीय, विद्यालयका प्रतिनिधिलगायतको सहभागितामा पोखरी परिसरमा सरसफाइ गर्नुका साथै पोखरीमा रहेको लेउ सफा गर्ने कार्य गरेको छ । 
सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो समयदेखि जीर्ण अवस्थामा रहेको भाजु पुखूलाई पुनःजीवन दिने काम भएको बताउँदै पोखरीलाई सुन्दर र जीवन्त बनाइराख्न पोखरीको नियमित सरसफाइको खाँचो औंल्याउनुभो ।
करिब ३२ रोपनी क्षेत्रफल ओगटेको भाजु पुखू भक्तपुरकै ठूलो पोखरी भएको बताउँदै पोखरी परिसरलाईसुरक्षित राख्नुपर्ने  बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सरसफाइ कार्यक्रममा सहभागी सबैमा धन्यवादज्ञापन गर्दै यस्ता गतिविधि आयोजनाले सम्पदाप्रति स्थानीयको अपन्त्व कायम हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भाजु पुखु पुनःनिर्माण सम्पन्न भएसँगै यस क्षेत्रको सुन्दरता अझ बढेको बताउँदै पोखरी सर्वसाधारणका लागि खुल्ला भएसँगै यहाँको आर्थिक गतिविधिमा पनि व्यापकता पाउने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भाजु पुखू उद्घाटन कार्यक्रममा सम्पूर्णलाई सहभागिताको लागि आह्वान गर्दै उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

ऐतिहासिक भाजु पुखूको यसरी गरियो सरसफाई (फोटो कथा)
ऐतिहासिक भाजु पुखूको यसरी गरियो सरसफाई (फोटो कथा)
ऐतिहासिक भाजु पुखूको यसरी गरियो सरसफाई (फोटो कथा)
ऐतिहासिक भाजु पुखूको यसरी गरियो सरसफाई (फोटो कथा)

Comments