नौलो चमत्कार देखाई दे ।
कार्तिक ६, २०७७, बिहीबार | विहान ०६:०२ बजे | 65
रामकृष्ण प्रजापति
नोबेल कोरोनाभाइरस
संक्रमण सरुवा रोग ।
हाछ्यु गर्दाखोक्दानिस्कने भाइरस
हातमिलाउ“दा, अंकमालले पनि सर्दछ ।।
कोरोनाका लक्षणहरु
रुघाखोकी, ज्वरो रश्वासप्रश्वास ।
रोगलागेको शंकालागेमा
चिकित्सकसंग सम्पर्क ।।
खोज्दै हिड्नु छ कोरोनाको शहरमा
जीवनकाऔषधीहरु ।
समसानझै किन लाग्दछन् विगतका
सम्पूर्ण महामारीहरु ।।
यो सिंगो पृथ्वी नै अ“ध्यारो छ कतै
संसारै कोरोनामयी छ की ।
तेरो जन्ममाभाइरस युगको
वंशजविज छ की ।।
भोग्नै पर्छ प्रताडना कोरनाको
सबैले नचाहे पनि ।
दुखैदुखभोग्ने छु जगत यो
भागेर विताएपनि ।।
मैले पृथ्वी डुब्यो डुब्यो भनिरहे
तीमानिसहरु उत्रन्छ र ।
सम्झि सचेत रह“दामानवको
जीवनफर्कन्छ र ।।
गाथाप्लेगका स्वाइन फ्ल्युका
मात्रै रहे सम्झाना ।
तेरो जीवन विलाउ“छ कतै
कोरोनागर्तमा ।।
खालीभ्रमकाकथानलेखअमेरिका
पत्याउ“दैनन् अब ।
तैले छर्नुछ विश्वविश्वास हुने
सत्यतथ्य र सुन्दर ।।
के लेख्छ समय कोरनाकथा
देखिन्छ यो संत्रासमयी ।
राम्रो छैनइतिहासको गतिभनि
गर्छिस विलौनाकति ।।
कोरोनाबाट बच्ननियमित
साबुनपानीले हातधुने ।
सजगताअपनाई हाछ्“यु गर्दा खोक्दा
नाकमुख छोप्ने ।।
रोगको शंकालागेमा
सेल्फकोरेन्टाइनमा बस्ने ।
लकडाउन घोषणा गरेको अवस्थामा
घरमाबसी भिडभाडबाट टाढा बस्ने ।।
तैले लेख्नु छ कोरनायुगको
के औषाधीहो अव ।
तेरो फर्मेसीको रसायन रुपी
फोर्मुलाबनोस औषाधीअव ।।
खोक्रो आश्वासनभो नगर भ्रमको
झुठा मान्छे सरी ।
राम्रो कामना सुनाईदेखि आशिष
हर सफलताआ“खा भरी ।।
मृत्यु संन्त्रास विरक्ताको
दुखका कुरा विर्सिदे ।
ए मेरी प्रिय स्वास्थ्यकर्मी अबकुनै
नौलो चमत्कार देखाई दे ।।
धन्यवाद ।