जब नेपाल इको प्यानलको जर्सीमा खेलाडी मैदानमा पुगे .........
फाल्गुन २०, २०८०, आइतबार | विहान १०:५० बजे | 55
भक्तपुर । तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० मा प्रतिस्पर्धीहरुमध्येको एक भक्तपुर फुटबल क्लवका खेलाडीहरु नेपाल इको प्यानलको जर्सी लगाएर मैदानमा उत्रेका छन् । शुक्रबारदेखि भक्तपुरको महेश्वरी खेल मैदान भइरहेको प्रतियोगिताको आइतबारको खेलमा नेपाल इको प्यानलले भक्तपुर फुटबल क्लबका खेलाडीहरुलाई नेपाल इको प्यानलको जर्सीको व्यवस्था गरेको थियो । व्यवस्था अनुसार खेलाडीहरु त्यही जर्सीमा मैदानमा उत्रेका थिए ।
भक्तपुर फुटबल क्लवका अध्यक्ष राम प्रजापतिले आफूहरुको प्रोत्साहनका लागि नेपाल इको प्यानलले सहयोग गरिरहेको हो र हालको तेश्रो भक्तपुर कपका लागि पनि उसले सहयोग गरेको बताए । उनका अनुसार फुटवल प्रतियोगिताहरुमा यसरी व्यापारिक संस्थाहरुले आफनो प्रचारप्रसारको लागि जर्सी दिनु र लगाएर खेलाडीहरु मैदानमा प्रतिस्पर्धामा उत्रनु सामान्य हो । यस्तो प्रायोजन अरु संघसंस्था र व्यापारिक घरानाहरुले अन्य प्रतियोगिताहरुमा गरिरहेकै हुन्छन्, उनले भने । यस्ता प्रायोजनकै कारण खेल क्षेत्रलाई सहयोग हुने र खेल क्षेत्र अगाडि वढ्दै आएको भनाई उनले राखे । भक्तपुरको मात्रै नभई समग्र फुटवल क्षेत्रलाई अगाडि वढाउन आफूहरुले सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि यस्ता सहयोग जारी राख्ने योजना भएको नेपाल इको प्यानलले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...