झौखेल युनाइटेड विजयी, भक्तपुर नगरपालिका पराजित


फाल्गुन १९, २०८०, शनिबार | दिउँसो ०३:४२ बजे | 50


झौखेल युनाइटेड विजयी, भक्तपुर नगरपालिका पराजित

भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा शुक्रबारदेखि सुरू भएको तेश्रो भक्तपुर कप २०८० आज पनि चालु रहयो।
आज दोश्रो दिनमा दुईवटा खेलहरु सम्पन्न भए।

दोश्रो दिन झौखेल युनाइटेड र श्रीजनानगर फूटबल क्लबबीच भएको खेलमा झौखेल युनाइटेडले श्रीजनानगर फूटबल क्लबलाई ४-१ ले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ।

सो खेलमा झौखेल युनाइटेडका जर्सी नं २ का सन्जोग महर्जन उत्कृष्ट घोषित भए भने श्रीजनानगर फूटबल क्लबका जर्सी नं २० का गोलकिपर जित घले उदयीमान खेलाडी घोषित भए।

आजै द राइजिङ्ग बुङ्गा युवा क्लब र भक्तपुर नगरपालिकाबीच भएको खेल बराबरी भएर पेनाल्टी सूट आउटमा द राइजिङ्ग बुङ्गा युवा क्लबले भक्तपुर नगरपालिकालाई ३-१ गोलले पराजित गर्यो।

सो खेलमा द राइजिङ्ग बुङ्गा युवा क्लबका कपिल प्रजापति उत्कृष्ट घोषित भए भने भक्तपुर नगरपालिकाका रूजल कवां उदयीमान खेलाडी घोषित भए।


फाेटाेमा हेर्नुहाेस्...

झौखेल युनाइटेड विजयी, भक्तपुर नगरपालिका पराजित
झौखेल युनाइटेड विजयी, भक्तपुर नगरपालिका पराजित

Comments