उपत्यकाब्यापी ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न


फाल्गुन १९, २०८०, शनिबार | दिउँसो ०२:४४ बजे | 50


उपत्यकाब्यापी ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न

भक्तपुर । जेसीज् माध्यमिक विद्यालयको ४५ आँै वार्षिकोत्सव कार्यक्रमको अवसरमा कक्षा ५ देखि १० सम्मका छात्र÷छात्रा विद्यार्थीहरूवीच उपत्यकाब्यापी ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष श्री हरिप्रसाद वासुकलाले खेलमा सहभागी भएका खेलाडी भाईवहिनीहरूलाई अग्रिम शुभकामना ब्यक्त गर्नुहुदै विश्व परिवेशको बारे सम्पुर्ण विद्यार्थी भाइवहिनीहरूले जानकारी लिई राख्नु पर्ने मन्तब्य ब्यक्त गर्नुभयो । मन्तब्यकै क्रममा भक्तपुर नगरपालिका द्वारा आयोजना भई रहेका विद्यार्थी लक्षित कार्यक्रमहरूबारे पनि प्रकाश पार्नुभयो । विशिष्ट अतिथि भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष श्री दिपक थापाले भक्तपुर जिल्ला खेलकुद समितिबाट भईरहेको गतिविधिहरू बारे जानकारी गराउनु भई सहभागी खेलाडीलाई सफलताको कामना ब्यक्त गर्नुभयो । विद्यालयका प्रिन्सिपल श्री जयराम गोर्खालीले पनि विद्यालय लक्षित गतिविधिहरूले विद्यार्थीहरूको सर्वागिण विकास हुने बारे जानकारी गराउनुभयो । कार्यक्रमको अध्यक्षता÷सभापति विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार, भक्तपुर जेसीज्का पुर्व अध्यक्ष एवम् विद्यायल ब्यवस्थापन समितिका पुर्व अध्यक्ष श्री श्रीचरण अमात्यले विद्यालयको पढाई पनि अत्तिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीलाई अनुशासित र कर्तव्यबोध बनाउन सकिने बारे कार्यक्रममा जानकारी गराउनु भयो । उक्त प्रतियोगितामा क्रमश ललिपपुरका आदर्श शौल माध्यमिक विद्यालयका छात्र प्रथम प्रविन लिम्बु, अरनिको माध्यमिक विद्यालय, दधिकोटका छात्र अजित ठाकुर द्वितीय, जेसीज् माध्यमिक विद्यालय भक्तपुरका कृजल फाँजु तृतिय र छात्रा तर्पm जेसीज् माध्यमिक विद्यालयका क्रमश प्रथम क्याथ्रिन वासुकला, द्वितीय पृथुजा गोर्खाली र तृतीय जेसीका दुवाल भएका थिए । प्रतियोगितामा पुरस्कृत विद्यार्थी भाई वहिनीहरूलाई आगामी मिति २०८०–११–२८ गते वार्षिकोत्सव कार्यक्रममा सम्मानित गर्ने बारे प्रिन्सिपल जयराम गोर्खालीले जानकारी दिनुभयो ।

Comments