भक्तपुर कप ः आयोजक युवा टिमले थाल्यो विजय यात्रा


फाल्गुन १८, २०८०, शुक्रबार | दिउँसो ०३:४४ बजे | 120


भक्तपुर कप ः आयोजक युवा टिमले थाल्यो विजय यात्रा

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको उदघाटन खेलमा आयोजक भक्तपुर युवा टिमले विजयी सुरुवात गरेको छ । उदघाटनपछि भएको पहिलो प्रतियोगितामा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरले दीर्घायुू फुटबल क्लव काभ्रेलाई शुन्यका विरुद्ध दुई गोल गरेर विजयी थालेको हो । प्रतियोगितामा आयोजक टिमका विक्रम नरसिंह राना उत्कृष्ट खेलाडी घोषित भए । साथै उदयीमान खेलाडी मदन पौडेल घोषित भए ।   
दोश्रो खेल भने पाण्डुबजार एफसी भक्तपुर र दी हिलिंग होम एफसी काठमाडौवीच भएको थियो । प्रतियोगिताको निर्धारित समयसम्म दुवैबाट दुईदुई गोल भएर खेल बराबरीमा टुंगिएको थियो । बराबरीपछि भएको पेनाल्टी शुट आउटमा तीनकाविरुद्ध चार गोल गरी पाण्डुबजार एफसी विजयी हुन सफल भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा दी हिलिंग होम एफसी काठमाडौका गोलकिपर सुजन श्रेष्ठ घोषित भए । उदयीमान खेलाडी भने पाण्डुबजार एफसी भक्तपुरका योगेश श्रेष्ठ भए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद रु दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने छन् । पहिलो खेल झौखेल युनाइटेड र सृजनानगर फुटबल क्लवबीच हुनेछ । दोश्रो खेल भने दी राइजिंग ग्रुप र भक्तपुर म्युनिसिपिलिटीवीच हुनेछ । प्रतियोगिता फागुन १८ गतेदेखि २६ गतेसम्म हुनेछ । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भइरहेको छ ।
प्रतियोगितामा कुल १६ वटा टिमहरुको सहभागिता रहेको छ । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका छन् । भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेको अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता छैन । मध्यपुर थिमिमा वडा लिग भइरहेको त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ । प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर कप ः आयोजक युवा टिमले थाल्यो विजय यात्रा

Comments