नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाई


फाल्गुन १८, २०८०, शुक्रबार | दिउँसो ०२:२५ बजे | 85


नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाई

भक्तपुर । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ ।
भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिय आयुक्त, पदाधिकारी, परिषद सदस्य, प्रदेश स्काउट परिषद र स्थानीय परिषद सदस्यहरुलाई बधाइ ज्ञापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउटले महत्वपूर्ण भूमिका रहने बताइन ।
भक्तपुरलाई शिक्षाको गन्तव्य बनाउन नेमकिपाको घोषणापत्र अनुरुप कार्य गरिरहेको बताउँदै शिक्षालाई व्यवहारिक् । बनाउन र ज्ञानसहितको शिक्षा दिन स्काउट उपयोगी रहेको उनले बताइन ।
अहिलेको युगमा इन्टरनेटका नराम्रा पक्षहरुबाट बालबालिका र युवाहरुलाई जोगाउनका लागि स्काउटिङ्ग कक्षा अपरिहार्य रहेको बताइन्।
नेपाल स्काउटका नवनियुक्त राष्ट्रिय आयुक्त महेन्द्र राज रञ्जितले नेपाल स्काउटको ऐनलाई प्रतिष्थापन गर्ने गरी नयाँ विधेयक सदनमा प्रस्तुत हुन गइरहेको बताए ।
जनतालाई अनुशासित बनाउन, स्वयंसेवी भावना जगाउनका लागि स्काउटको पाठ्यक्रम विकास गरिएको बताउँदै विभिन्न उमेर समूहका लागि नीतिहरु बनाइ सकेको बताए ।
स्काउटलाई सवल र सक्षम बनाउनका लागि स्थायी आयस्रोतका लागि स्थानीय स्काउटले कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा स्काउटका आयुक्त शिवराम अर्याल, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, पूर्व तालिम आयुक्त भक्त राजभण्डारी  स्काउटको गरिमाका विषयमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा चाँगनारायण नगरपालिकाका आयुक्त राजकुमार जरेजु, मध्यपुर थिमीका आयुक्त तुल्सीहरी प्रजापति, सूर्यविनायक नगरपालिकाका आयुक्त कृष्मा थोकरलाई स्काउटका विकासमा लागिपर्ने बताए ।
भक्तपुर नगरपालिकाका आयुक्त बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परिषदका सदस्यहरु रत्ना चवाल, कृष्णसुन्दर प्रजापति, मैयाँ त्वायनाबासुलगायतलाई सम्मान गरेको थियो । यसैंगरी बागमति प्रदेशका आयक्त शिवकुमार त्वायनासहित परिषद सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।
राष्टिय प्रधान कार्यालयका आयुक्तहरु पनि सम्मानित भएको कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकाका परिषद सदस्यहरुलाई सम्मान गरिएको थियो

फाेटाेमा हेर्नुहाेस्...

नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाई
नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाई

Comments