च्याम्हासिंह चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


फाल्गुन १८, २०८०, शुक्रबार | दिउँसो ०१:१० बजे | 70


च्याम्हासिंह चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

मनिला प्रजापति
भक्तपुर, फाल्गुण १८
उदय बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवसको उपलक्ष्यमा शुक्रबार भक्तपुरको च्याम्हासिंह चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उदय बचतले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको जनाएको छ । रक्तदान कार्यक्रम बिहान १० बजेसम्म संचालन भएको थियो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । यसमध्ये १७ जना पुरुष र ६ जना महिला थिए । रक्तदान कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई सहकारीले प्रमाणपत्र पनि प्रदान गरेको छ ।
सहकारीका अध्यक्ष रामकृष्ण प्रजापतिले सहकारी सामाजिक संस्था भएकोले नाफाको लागि मात्र नभई सामाजिक सेवा पनि गर्नुपर्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्दै आइरहेको बताए । अहिलेसम्म वर्षमा एक पटक संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आईरहेको तर आगमी दिनमा अर्धवार्षिक रुपमा रक्तदान कार्यक्रम संचालन गर्ने अध्यक्ष प्रजापतिले बताए । साथै उदय साकोस संचालक समिति सदस्य तथा नियमित रक्तदाता सोहन रंजितले आफूले तीनतीन महिनामा रक्तदान गरिरहने र ५३ पटकसम्म रक्तदान गरिसकेको बताए । रंजितलाई समाजसेवामा रुचि भएको कारण यस्ता विभिन्न कार्यक्रमहरुमा स्वयम्सेवकका रुपमा भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए । मानिसको जीवन अमूल्य छ र सही समयमा रगत नपाएर मानिसहरुको ज्यान जाने गर्छ, त्यसैले आवश्यकता परेको बेलामा सबैले सहज तरिकाले रगत पाउनका लागि अरुले पनि रक्तदान कार्यक्रममा सहभागी हुनुपर्ने रंजितले बताए ।

फाेटाेमा हेर्नुहाेस्...

च्याम्हासिंह चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
च्याम्हासिंह चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Comments