८० वर्ष पुरानो भक्तपुर तस्वीरमा
फाल्गुन १८, २०८०, शुक्रबार | दिउँसो १२:५६ बजे | 80
सुनिता मगजू (प्रशिक्षार्थी पत्रकार)
भक्तपुर । भक्तपुरको दरबार स्क्वायरमा शुक्रबारदेखि दुईदिने फोटो प्रदर्शनी सुरु भएको छ । वरिष्ठ राजनीतिज्ञ तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले फोटो प्रदर्शनीको उद्घाटन गरे ।
भक्तपुर पर्यटन विकास समितिद्वारा आयोजित फोटो प्रदर्शनीमा भक्तपुरलाई चिनाउने फोटोहरु रहेका छन् । प्रदर्शनीमा राखिएका फोटोहरु भक्तपुरका केदार बनेपालीको तीन पुस्ताले खिचेका फोटोहरु रहेका छन् । भक्तपुरका स्वर्गीय बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार र नातिहरु सुनी तथा किसनले खिचेका तस्वीरहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा स्वर्गीय बद्रीप्रसादले करिब आठ दशक अघि खिचेका फोटोहरु पनि रहेका छन् ।
प्रदर्शनीमा जम्मा ६८ वटा तस्बिरहरु रहेका छन् । प्रदर्शनी फागुन १९ गतेसम्म रहने जानकारी गराइएको छ ।