जव भक्तपुरका सडकमा भैँंसी भेटिए .....(तस्वीरहरुसहित)
फाल्गुन १७, २०८०, बिहीबार | दिउँसो ०१:४४ बजे | 110
भक्तपुर । नेपाल दुग्ध विकास संस्थानबाट भूक्तानी नपाएका कृषकहरुले विहीबार भक्तपुरको जगाती चोकमा विरोध प्रदर्शन गरेका छन् । देशभरका कृषकहरुको भुक्तानी रोकेको भन्दै किसानहरुले दूध दिने भैँसी सडकमा ल्याई नाराजुलुशका साथ विरोध गरेका हुन् ।
घरमा नुन किने पैसा छैन, डिडिसिले ४ अर्वबाट ६ अर्व उधारो पुरयासक्यो भन्दै कृषकहरुले भक्तपुरको जगातीको च्याम्हासिंह जाने चोक सडकमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानलाई सत्तामा पुग्नु छैन्, दुधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरुले सिंहदरवार खाली गर, भैँसी पाल्न आउँदै छौं नारा लगाएका थिए । विदेशबाट दुधजन्य पदार्थ खरिद नगर्न चेतावनी पनि उनीहरुले दिए ।
फाल्गुण २१ गते देशभर निर्णायक आन्दोलन गर्ने चेतावनी दिदै अभियन्ता प्रेमनारायण अधिकारीले किसानलाई आफ्नो समस्या लिएर सडकमा आउन बाध्य पारेको बताए । किसानका समस्या समाधान छिट्टै गरिदिन उनले आग्रह गरे । राष्ट्रिय किसान समूह महासंघका केन्द्रिय सल्लाहकार शिवलाल बाला श्रेष्ठ किसानका दूधको भुक्तानीको माग र विदेशबाट दूध आयात नगरी स्वदेशकै प्रयोगको माग राखी आन्दोलन गरेको जनाए । आन्दोलनमा नेकपा एमालेबाट बागमति प्रदेशका सांसद सरस्वती बाटीलगायतका एमाले नेता कार्यकर्ताहरु सहभागी थिए ।
फाेटाेमा हेर्नुहाेस्...