३८ औं तामाङ एल्बम दिवस : लोक संम्राट मोक्तान मिस तामाङ रियालाई सम्मान
फाल्गुन १६, २०८०, बुधबार | विहान ०५:३९ बजे | 45
काठमाडौं । सिङ्गो तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघको अयोजनामा ३८ औं तामाङ एल्बम दिवस तथा सम्मान कार्यक्रम-२०८० सम्पन्न भएको छ । मंगलबार काठमाडौं चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको संघीय कार्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
ईतिहासकै पहिलोपटक तामाङ गीती एल्बम् निकालिएको दिन २०४२ साल फागुन १५ गतेलाई स्मरण गर्दै नेपाल तामाङ कलाकार संघले औपचारिक रुपमा ३८ औं तामाङ एल्बम् दिवस-२०८० को आयोजना गरिएको हो । यसै कार्यक्रमको अवसरमा पहिलो तामाङ एल्बमका स्रष्टा तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानलाई संघले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । नेपाल तामाङ कलाकार संघको अध्यक्ष विशाल काल्तानको अध्यक्षता र संयुक्त ताम्सालिङ संघर्ष समितिको संयोजक समेत रहेका जापानका लागि नेपालको पूर्व राजदूत डा. गणेश योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिको रुपमा तामाङ पहिलो गायक चन्द्र कुमार मोक्तान, नेपाल तामाङ कलाकार संघकै संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक एवम् संगीतकार चन्द्र कुमार दोङ, बरिस्ठ कलाकार प्रेम लोप्चन, विभिन्न प्रवास संघका प्रतिनिधिहरु लगायत अन्य अतिथिहरु समेत रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै वक्ताहरुले मोक्तानको गीती एल्बम् र ति एल्बमहरुमा समाबेस गरिएका गीतहरुको बारेमा समेत निक्कै चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल तामाङ कलाकार संघका पूर्व अध्यक्ष गायक तथा संगीतकार संजिब वाईबाले भने यो दिनलाई ऐतिहासिक दिनको रुपमा एल्बम दिवस मनाउदै गर्दा तामाङ कलाकारहरुको लागी यो महत्वपुर्ण दिनको रुपमा लिनु पर्नेमा यो कार्यक्रममा सहभागि नहुने तामाङ कलाकारहरुले आजको यो ऐतिहासिक दिनलाई नबुझेको बताउदै दुःख व्यक्त गरेका थिए । यसै कार्यक्रमकाबीच मिस तामाङ २०२४ का विजेता रिया लामालाई पनि नेपाल तामाङ कलाकार संघले सम्मान गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...