किन जनाए मध्यपुरको तीन जना वडा अध्यक्षहरुले आपति ? (आपतिपत्र सहित)


फाल्गुन १५, २०८०, मङ्गलबार | दिउँसो ०२:४६ बजे | 65


किन जनाए मध्यपुरको तीन जना वडा अध्यक्षहरुले आपति ? (आपतिपत्र सहित)

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका तीनजना वडा अध्यक्षहरुले नगरपालिकाको बैठकमा छलफल नै नगरेको विषयहरु निर्णय गरेको भन्दै आपति जनाएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, ४ का वडा अध्यक्ष वालकृष्ण श्रेष्ठ र ७ का वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले संयुक्त रुपमा नगरपालिकालाई लिखित रुपमा लेखेर आपति जनाएका छन् । 
माघ २३ गते बसेको नगर कार्यपालिकाको १८ औ बैठकको निर्णयमा बैठकमा छलफल नै नभएको विषयबारे निर्णय भएको उनीहरुद्धारा नगरपालिकामा दिइएको आपतिमा उल्लेख छ । उनीहरुका अनुसार उक्त बैठकको निर्णय फागुन २ गते ह्वाट्स एपमा पठाइएको थियो । त्यसपछि उनीहरुले संयुक्त रुपमा तीनबुँंदे आपतिपत्र नगरपालिकालाई बुझाएका हुन् । (बाँंकी पत्रमा हेर्नुहोस्)

फाेटाेमा हेर्नुहाेस्...

किन जनाए मध्यपुरको तीन जना वडा अध्यक्षहरुले आपति ? (आपतिपत्र सहित)

Comments