भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक ः उदघाटन खेलमा आयोजक भिड्ने


फाल्गुन १५, २०८०, मङ्गलबार | दिउँसो ०२:१५ बजे | 50


भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक ः उदघाटन खेलमा आयोजक भिड्ने

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा हुने तेश्रो भक्तपुर कप फुटवलको टाइसिट मंगलबार सार्वजनिक गरिएको छ । फागुन १८ गतेदेखि २६ गतेसम्म भक्तपुरमा हुने प्रतियोगिताको लागि गोलाप्रथाको आधारमा टाइसिट सार्वजनिक गरिएको हो । 
सार्वजनिक टाइसिट अनुसार उदघाटन खेल आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र दीर्घायुू एफसी काभ्रेवीच हुने छ । दोश्रो खेल भने पाण्डुबजार एफसी भक्तपुर र दी हिलिंग होम एफसी काठमाडौवीच हुने छ । आठ बजे उदघाटनपछि पहिलो खेल नौ बजे र दोश्रो खेल एक बजे हुने कार्यक्रम तालिका निकालिएको छ । 
कार्यक्रममा जनाइए अनुसार प्रतियोगितामा कुल १६ वटा टिमहरुको सहभागिता रहेको छ । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका छन् । भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाटबा तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेको अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता छैन । मध्यपुर थिमिमा वडा लिग भइरहेको त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ । प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइयो ।
आयोजक भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले गोलाप्रथाद्धारा टाइसिट तयार पारेको थियो । 
्प्रतियोगिताका संयोजक सुरेश कवांले प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुने छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो । प्रतियोगिताको उदघाटन फागुन १८ गते विहान आठ बजे महेश्वरी खेल मैदानमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा उदघाटन हुने जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक ः उदघाटन खेलमा आयोजक भिड्ने
भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक ः उदघाटन खेलमा आयोजक भिड्ने

Comments