यस्तो हो भक्तपुर रेडक्रसको विवाद


फाल्गुन १४, २०८०, सोमबार | दिउँसो ०२:१८ बजे | 60


यस्तो हो भक्तपुर रेडक्रसको विवाद

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको फागुन ७ गते भएको २९ औ जिल्ला सभा तथा अधिवेशनबाट सर्वसम्मतरुपमा निर्वाचित सभापति परशुराम पाण्डे ।
तस्वीर विकुराम तजलेबाट
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विवाद उत्कर्षमा पुगेको छ । सोमबार शाखाको आधिकारिकता दावी गर्ने दुई समूहवीच कार्यालयमै झण्डै हात हालाहाल भएको छ । भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित जिल्ला कार्यालयमा दुवै पक्षबीच भनाभन भएको हो । हात हालाहालको स्थिति पुगेपछि प्रहरीले दुवै पक्षलाई सम्झाइबुझाई गरेर हात हालाहालतको स्थिति हुनबाट बचाउनुपरेको थियो । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको आधिकारिकता आफूहरुको  भनेर दावी गर्दै अहिले त्यहाँं दुई समूह छन् । एउटा समूहको नेतृत्वमा परशुराम पाण्डे रहेका छन् भने अर्काे समूहमा बसन्तकुमार श्रेष्ठ रहेका छन् । 
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २९ औ जिल्ला सभा तथा अधिवेशन फागुन ७ गते सफलतापूर्वक सम्पन्न भएको र त्यसमा आफू सर्वसम्मतबाट सभापति भएको भन्दै परशुराम पाण्डेको नेतृत्व आधिकारिकताको दावीमा छन् । पाण्डे नेतृत्वको नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा राकेश थापा, उपसभापति महिला लक्ष्मी अवाल, मन्त्रीमा धर्मराज कार्की, कोषाध्यक्षमा प्रदीप के.सी, उपमन्त्रीमा तुईलाल श्रेष्ठ, उपकोषाध्यक्ष  सूर्यबहादुर खाइतु रहेका छन् । त्यस्तै महिला सदस्यहरुमा संगीता थापा, शुभद्रा काफ्ले, सचिला खड्का रहेका छन् । अन्य सदस्यहरुमा ऋषि खड्का, रामकुमार बस्नेत, यज्ञविक्रम थापा, नारायणभक्त खायमली, जनकप्रसाद न्यौपाने, तुल्सीनारायण दण्डेख्या, सोमप्रसाद प्रधान रहेका छन् । उनीहरुमध्ये केही सर्वसम्मत र कोही निर्वाचित भएको दावी गरिएको छ । 
फागुन ७ गते पाण्डेको नेतृत्वमा निर्वाचित भएको खवरसँंगै फागुन ९ गते बसन्तकुमार श्रेष्ठको नेतृत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको सार्वजनिक भएको थियो । सोमबार दुवै पक्ष जिल्ला कार्यालयमा पुगेपछि दुई पक्षबीच भनाभन भएको हो । दुवै पक्षले केन्द्रबाट फरकफरक पत्र लिएर आई आफूहरु आधिकारिक भन्न थालेपछि दुवै समूहवीच झण्डै हात हालाहात भएको थियो । 
आफू सर्वसम्मत निर्वाचित भएको बताउने जिल्ला सभापति परशुराम पाण्डेले आफूहरुलाई जिल्ला प्रशाशन कार्यालय भक्तपुर र केन्द्रलेसमेत आधिकारिकता दिएको दावी गरे । उता अर्काे समूहले पनि आफूहरु नै आधिकारिक भएको भन्दै दावी गर्दै आएका छन् । यस विषयमा जिल्ला केन्द्रले पनि पटकपटक प्रेस विज्ञप्तिहरु प्रकाशित गर्दै आएका छन् । उता निवर्तमान कार्यबाहक सभापति कृष्णेश्वरी हाडाले शाखामा नियमसंगत कामकुराहरु हुने नगरेको बताइन् । 

फाेटाेमा हेर्नुहाेस्...

यस्तो हो भक्तपुर रेडक्रसको विवाद

Comments