भक्तपुरमा थप १ सय ४८ जना (कुन नगरपालिकामा कति संक्रमित विवरणसहित)


कार्तिक ४, २०७७, मङ्गलबार | दिउँसो १२:२२ बजे | 0


भक्तपुर । मंगलवार भक्तपुर जिल्लामा १४८ जनामा कोरोना भाईरसको संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पनि १७३ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको कमेरोटार, सानोठिमी, लौहकन्थली, राद्ये राद्ये, कौशल्टार, बोडे, बालकुमारी, चारदोबाटो, निकोसेरा, सागवारि, वडा नं.२ लगायतका स्थानमा (३१पुरूष र २३ महिला) गरि ५३ जना, भक्तपुर नगरपालिकामा (२९पुरूष र २९महिला) गरि ५८ जना, चागुनारायण नगरपालिकामा (५पुरूष र ४ महिला) गरि ९ जना, सुर्यबिनायक नगरपालिकामा (२६ पुरूष र २० महिला) गरि ४६ जना र ७ जनासंग सम्पर्क हुन नसकेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जनाएको छ ।

Comments