भक्तपुर कपका लागि महेश्वरी खेल मैदानको मर्मत थालियो


फाल्गुन ११, २०८०, शुक्रबार | विहान ०८:५० बजे | 55


भक्तपुर कपका लागि महेश्वरी खेल मैदानको मर्मत थालियो

भक्तपुर । तेस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताका लागि महेश्वरी खेल मैदानको मर्मत सम्भार थालिएको छ । आयोजक भक्तपुर युवा टिमका युवाहरुले मैदानमा पानी हाल्नेलगायतका मर्मत सम्भार थालेका हुन् । 
भक्तपुर युवा टिमले आयोजनामा फागुन १८ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुँंदैछ । प्रतियोगिता संयोजक सुरेश कवांले अन्य तयारीसँंगसँंगै खेल मैदान व्यवस्थित पार्ने काम पनि थालेको जनाए । 
प्रतियोगिता महेश्वरी खेल मैदानमै हुनेछ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिए । 
खेल अवधिभरका लागि खेलाडीहरुको बिमाको व्यवस्था गरिएको जानकारी पनि उनले दिए । भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको हो । टिमले पहिलो पटक २०७८ साल फागुन ६ देखि १४ गतेसम्म पहिलो भक्तपुर कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । दोस्रो संस्करण २०७९ साल फागुन ५ देखि १३ गतेसम्म भएको थियो ।

Comments