भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरु आन्दोलित
कार्तिक ४, २०७७, मङ्गलबार | दिउँसो १२:१५ बजे | 0
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । दिनरात नभनी विरामीहरुलाई उपचारमा खटिएका कर्मचारीहरुले भाद्र, असोज र दशै भत्ता नपाएपछि आन्दोलन गरेका हुन् ।
आन्दोलनमा क्यान्सर अस्पतालका तीन सय जना कर्मचारी नै सहभागी रहेको भक्तपुर क्यान्सर अस्पतालमा प्रशासन प्रमुख राजाराम तजलेले बताए । क्यान्सर अस्पताल व्यवस्थापन समितिका मनोनित अध्यक्ष महेश श्रेष्ठले कर्मचारीको तलब दिने चेकमा दस्तखत नगरेपछि यो आन्दोलन सुरु भएको तजलेले जानकारी गराए । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुखसंग वार्ता गरेर आज यस समस्यालाई समाधान गर्नेतर्फ जुटेको उनी बताउँछन् । आज तलबको कुरा मिलाउन सकिएन भने भोली अस्पतालको ओपिडी सेवादेखि सबै बन्द गर्ने भनेका छन, कर्मचारीहरुको भनाई उदृध गर्दै उनले भने । आन्दोलन कार्यक्रम अन्तर्गत कर्मचारीहरुले हिजो सोमबार आधी घन्टा र आज मंगलबार दुई घन्टाका लागि सेवा बन्द गरेका थिए । यसको कारणले विरामीहरु मार्कामा परेको उनी बताउँछन् ।
कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले अस्पताल व्यवस्थापन समिति स्वयम् अबैध भएको बताए । उनले अस्पताल व्यवस्थापन समिति अबैध भएकै कारण अहिले यो अवस्था श्रृजना भएको बताउँछन् । १४ महिनादेखि व्यवस्थापन समितिमा को–को छन् केही थाहा छैन्, उनले भने । कर्मचारीहरुको तलबको लागि महेश श्रेष्ठले दस्तखत गर्छ, त्यती थाहा छ, उनले थपे ।
अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै १४ महिना अघि स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले अस्पताल कव्जामा लिएको थियो । उसले व्याप्त व्यवस्थापन समितिलाई भंग गरी नयाँं व्यवस्थापन समिति गठन गरेको घोषणा गरेको थियो । तर अदालतमा मुद्धा परेपछि स्थानीय सरकारले घोषणा गरेको नयाँं व्यवस्थापन समिति अहिले निश्क्रिय छ । यसकारण यहाँं यहीवेलादेखि अस्पताल विवादमा चल्दै आएका छ । कोही नयाँं व्यवस्थापन समिति अनुसार चल्नुपर्ने पक्षमा छन भने कोही पुरानै व्यवस्थापनका अनुसार चल्नुपर्ने पक्षमा छन ।
कर्मचारीहरुले अस्पतालको व्यस्थापन जे भए पनि नि स्वार्थ काम गरिहदा भदौ महिनादेखि तलब नपाएको बताएका छन । दशै आइसकेको छ, अब बैक जम्मा दुई दिन खोल्छ होला तर हाम्रो तलब भने राखिदिने टुंगो छैन्, धुख्वाले भने । अस्पतालमा पैसा नभएर नभई मनोनित अध्यक्ष महेश श्रेष्ठले चेकमा दस्ताखत नगरेको कारण तलब रोकिएको उनी सुनाउँछन् । उनले कर्मचारीहरु कोभिडको महामारीमा पनि काम गरिहदा सुविधा नभएकै कारणले अहिले करिव ३० जना कोरोना सक्रमित भएको गुनासो पोेखे । साथै १७ जना स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उनले जानकारी गराए । आफूले काम गर्ने पारिश्रमिक लिन पनि आन्दोलन गर्नुपर्ने ? उनको प्रश्न छ ।
आपूmले प्रशासनमा बुझ्दा मेहश श्रेष्ठले यता आउनु, उता चेक छोडेर जानु भन्ने तर चेकमा दस्तखत भने नगरेको उनी बताउँछन् । आज चेकमा दस्तखत भएन भने भोलीदेखि आकस्मिक बाहेक अरु सेवा सबै बन्द गर्ने उनले चेतावनी दिए । यस्तो गर्दा विरामीलाई केही भएको खण्डमा श्रेष्ठ जिम्मेवार हुने उनी बताउँछन् ।