४८ केजीमा काठमाडौंका तामाङले एचटुवका राईलाई ५–० युनिनमसको आधारमा जित


फाल्गुन ११, २०८०, शुक्रबार | विहान ०८:१६ बजे | 40


४८ केजीमा काठमाडौंका तामाङले एचटुवका राईलाई ५–० युनिनमसको आधारमा जित

ललितपुर, ११ फागुन । अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० र वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता –२०८० को लागि आज भएको छनोट प्रतियोगितामा महिलातर्फ ४८ केजीमा काठमाडौंका सुष्मा तामाङले एचटुवका मनिषा राईलाई ५–० युनिनमसको आधारमा जित हासिल गर्यो । त्यस्तै ५७ केजिमा ललितपुरका अंशु केसीलाई काठमाडौंका प्रेमा शेर्पाले ५–० युनिनमसको आधारमा जित हासिल गर्यो । त्यस्तै पुरुष तर्फ ४८ केजिमा काठण्माडौंका रबिन थापाले नुवाकोटका संजय लामालाई ५–० युनिनमसको आधारमा जित हासिल गर्यो । त्यस्तै ५१ केजिमा काभ्रेका लाल प्रसाद उप्रेतिले काठमाण्डौंका  कमल थापामगरलाई ४–० स्पिलिट डिसिजनको आधारमा जित हासिल गर्यो । त्यस्तै ६० केजिमा मकवानपुरका आशुतोष पुरुष ढकाललाई नुवाकोटका समर लामाले ५–० युनिनमसको आधारमा जित हासिल गर्यो । त्यस्तै ७१ केजिमा मकावानपुरका दिपेश श्रेष्ठलाई काठमाण्डौंका आश्विन धिरण श्रेष्ठले ५–० युनिनमसको आधारमा जित हासिल गर्यो ।    

Comments